कलाकार साहानीको ‘दंशै आयो तिहार नि आयो..’ बोलको गीत लोकप्रिय बन्दै

बागलुङ हटियाका लोकदोहोरी गायक देव साहनीले गाएको ‘दंशै आयो तिहार नि आयो पल्टन छाडी घर जान मन लायो’ बोलको गीतको भिडियो युट्युवमा अपलोड गरेको तेस्रो दिन विहिबार सम्म १५ हजार ३ सय ४५ जनाले हेरेका छन् ।
बागलुङ गल्कोटका कलाकार साहानीले दंशै पर्वलाई मध्यनजर गरी गाएको गित श्रोताले धेरै रुचार्ईएको गीतको सुचीमा परेको छ ।

DEV-SAHANI2लोकदोहोरी गायक सहानीले गाएको उक्त गीत दशै पर्वलाई केन्द्रित गरि बनाईएको पछिल्लो समयको सबै भन्दा लोकप्रीय गीत बन्न पुगेको छ ।
गायक सहानीको शव्द तथा लय रहेको उक्त गीतमा सहानी र लोक गायिका लाली बुुढाथोकीले स्वर दिएका छन् ।

विशेष गरि दशै तिहार घरपरिवार आफन्त सबै भेट भएर रमाईलो गरी सुख दुख साट्ने महत्वपूर्ण अवसर भए पनि गरिबीका कारण लाहुरे हुनुपर्ने बाध्यता र समयम छुट्टि नपाउने समस्यालाई गीतमा उठान गरिएको छ ।

गीतमा बागलुङका स्थानीय कलाकार मनोज विक, सीमा थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।

बागलुङकै विभिन्न पर्यटकीय तथा आकर्षक स्थानमा छायांकन गरिएको गितमा चाडपर्वमा विछोड हुुंदाको पीडा, विदेशीनुु पर्ने नेपालीको बाध्यता, लाहुरेको जीवन भोगाई लगायतका नेपाली बाध्यता र विवशताका विषयलाई समेटिएको छ ।