लन्डनको म्युजियममा क्याटरिना कैफको मैनको मूर्ति राखिने

लन्डनको म्याडम तुसाद म्युजियममा अर्की एक बलिउड अभिनेत्री क्याटरिना कैफको मैनको मूर्ति राखिने छ | भोटिङको आधारमा क्याटरिना कैफ यसको katrina_kaif_लागि छानिएकी हुन् | त्यस अघि म्युजिममा बलिउड अभिनेत्री करीना कपुर र ऐश्वर्या रायको साथै स्टार अमिताभ बच्चन, शाहरुख खान, सलमान खान, ऋतिक रोशनको मूर्ति राखिएको छ |

कैफले २००३ देखि हिन्दी फिल्ममा काम गर्न सुरु गरेकी उनले हिन्दी फिल्ममा निरन्तर सफलता हात पारिरहेकी छन् | यो म्युजियममा दक्षिण एशियाली मुलका धेरै मानिसहरु अवलोकनका लागी जाने गर्छन | उनिहरुको मुख्य आकर्षण बलिउड कलाकारको मूर्ति हुने गरेको छ |

क्याटरिनाको मूर्ति निर्माणको लागि २० कलाकार जुट्ने म्युजियमले जनाएको छ। यसमा १ लाख ५० हजार पाउन्ड खर्च हुने छ | कलाकारसँग मिलेर क्याटरिनाले आफ्नो मूर्तिको आकृती तय गरेकी छन् | २०१५ मा मैनको मूर्तिलाई सार्वजनिकरुपमा राखिने छ | पश्चिमा कलाकारको मात्र मूर्ति राख्ने गरिएको उक्त म्युजियममा पहिलो पटक सन् २००० मा अमिताभ बच्चनको मूर्ति राखिएको थियो |