कतार र रसिया विश्वकपलाई विवादमा तान्दै बेलायत

कतार र रसियामा हुन लागेका विश्वकपलाई पटक–पटक विवादमा तान्दै आएको आरोप बेलायतमाथि लाग्ने गरेको छ । लन्डनले विश्वकप आयोजना गर्ने अवसर नपाएपछि त्यहाँका मिडिया र खेलसम्बन्धी सँस्थाहरू खुलेरै उत्रेका छन् । युरोपेली राष्ट्रले फेरि अर्काे विवाद निकालेका छन् ।

इङ्गल्याण्ड र अन्य केही युरोपेली राष्ट्रहरुले विश्वकप फुटवल आयोजनाका लागि अनुमति दिदा र तयारीक्रममा भ्रष्टाचारसम्वन्धी प्रतिवेदनलाई फिफाले विस्तृत रुपमा सार्वजनिक नगरेको भन्दै विरोध जनाउदै विवादलाई फेरि बल्झाउन खोजेका हुन् ।

qatar-world-cupसन् २०१८ मा रसियामा र २०२२ कतारमा हुने विश्वकप हुने तीन बर्षअघि नै निर्णय भैसकेको छ । इङ्लिस फुटबल संघका प्रमुख अध्यक्ष ग्रेक डाइकले भ्रष्टाचारसम्वन्धी प्रतिवेदनको तथ्यहरु तत्काल सार्वजनिक गर्न फिफासंग माग गरेका छन् ।

उनले प्रतिवेदनको सत्यतथ्य तत्काल सर्वाजनिक नगरिए सवै फिफाको कार्यकारी सदस्यलाई चिठ्ठी लेख्नसमेत चेतावनी दिएका छन् ।

अमेरिका अधिबक्ता माइकल ग्रसियाले रसिया र कतारमा विश्वकप फुटवल आयोजना गर्ने अनुमति दिनेक्रममा भएको भ्रष्टाचार भन्दै ४२ पृष्ठ लामो प्रतिवेदन फिफामा बुझाए पनि फिफाले त्यसलाई केही भाग मात्र सर्वाजनिक गरेको थियो । यसअघि जर्मनी र पोर्चुगलले पनि प्रतिवेदन सर्वाजनिक गर्न माग गरिसकेको छन् ।

  • Post category:खेल