नेपाल फेरी डिभिजन थ्री क्रिकेट च्याम्पियन

युगान्डालाई ६२ रनले हराएर नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री च्याम्पियन भएको छ | विहिवार मलेसियाको किन्रारा एकेडेमी ओभलमा nepal-cricket-team-सम्पन्न फाइनलमा नेपालले दोश्रो पटक उपाधी मात्र जितेन समूह चरणको पहिलो खेलमा युगान्डासँग ब्योहोरेको २० रनको हारको बदला पनि लिएको छ | सन् २०१३ मा बर्मुडामा भएको डिभिजन थ्रीमा पनि नेपालले युगान्डासँग समूह चरणको हारको बदला फाइनलमा लिदै उपाधि जितेको थियो |

टस जित्दै ब्याटिङ थालेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २२३ रन बनाएको थियो| प्रत्युत्तरमा युगान्डा ४४ ओभर १ बल खेल्दै १ सय ६१ रनमै अलआउट भयो |भुवन कार्कीले ८ ओभरमा ३९ रन दिएर ४ विकेट लिएका थिए| त्यस्तै, वसन्त रेग्मीले २ तथा शक्ति गौचन, सोमपाल कामी र सागर पुनले १-१ विकेट लिए | रोजर मुकासा -५१ रन) बाहेक युगान्डाका अरु ब्याटसम्यान जम्न सकेनन् |

सुरुका तीन ब्इाटसम्यान सागर पुन, नरेश बुढाऐर र ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएपछि नेपालले युगान्डाविरुद्ध मध्यम स्कोर खडा गरेको थियो | सागर र नरेशले पहिलो विकेटको लागि १ सय ७ रनको साझेदारी गरेर नेपाललाई बलियो सुरुआत दिलाएका थिए | सागरले ६४ र नरेशले ५१ रन जोडे | तेस्रो नम्बरमा ब्याटिङ गरेका ज्ञानेन्द्रले ५६ रन बनाए | कप्तान पारस खड्काले १३ रन जोडेपनि अरु ब्याटसम्यानले रनको दोहोरो अंक छोएनन् |

नेपालले अन्तिम ६ विकेट १५ रनमा गुमाएको थियो | युगान्डाका मुकासाले ३ ओभर ५ बलमा २७ रन दिएर ६ विकेट लिए | उनी म्यान अफ दि म्याच र म्यान अफ दि सिरिज भए | राउन्ड रोबिनको आधारमा शीर्ष दुईमा रहेर नेपाल र युगान्डा डिभिजन टुमा बढुवा भइसकेका छन् | डिभिजन टु जनवरीमा नामिबियामा हुनेछ |