अन्तर्राष्ट्रीय हात्तीपोलो यस वर्ष बर्दियामा हुने

hatti poloसन् १९८२ चितवनको मेघौली देखि शुरु भएको ३३ औं अन्तर्राष्ट्रीय हात्तीपोलो प्रतियोगिता बर्दियामा हुने भएको छ ।बर्दियाको पर्यटकिय क्षेत्र ठाकुरद्वारा गाविसको चिटकैयामा रहेको टाईगरटप्स होटलले आयोजना गरेको सो खेलमा विश्वका ८ वटा टीम सहभागी हुने जनाईएको छ ।

पोलो खेलका लागि पुक्का चुक्का यूके, टाईगरटप्स टस्कर नेपाल, रस्टी खुकरी यूके, ईएफजी स्विजरल्याण्ड, प्यारिटो पाईरेटीज नर्वे, टाईग्रीस पोलो अरव, गालोया श्रीलंका र द अफ्रीकन साउथ अफ्रिका भिड्ने टाईगरटप्सका मेनेजर क्रिष्टजन बहादुर एडवार्डसले वताएका छन् । खेल सम्वन्धमा होटलले पत्रकार सम्मेलन गरेको छ ।

  • Post category:खेल