ओबामाले सुनाए शाहरुखको डाइलग

डाइलग- ‘बडे बडे देशों में छोटे छोटे बात होते रहेते हैं’

obama-laughingबलिउडमा किङ खानका रूपमा परिचित नायक शाहरुख खान एक समय अमेरिका जाँदा खान भएको कारण विमानस्थलमा कडा चेकजाँचमा परेकाले उनी अमेरिकाप्रति निकै आक्रोशित भए। अब भने उनको रिस मत्थर भएको छ। उनको रिसलाई मत्थर बनाउने काम विश्व शक्तिमान अमेरिकाकै राष्ट्रपति बाराक ओबाले गरेका हुन्।

भारतको स्वतन्तत्रा दिवसका अवसरमा प्रमुख अतिथि बनेर भारत पुगेका ओबामाले आफ्नो नाम नै लिएर भाषण गरेपछि शाहरुख मख्ख परेका हुन्।

मंगलबार भारतको राजधानी नयाँदिल्लीको सिरीफोर्ट अडिटोरियममा भाषण गर्दै ओबामाले शाहरुख खानको नाम मात्र लिएनन्, उनले शाहरुखको फिल्मको डाइलगसमेत बोलेर सुनाएका थिए। ओबामाले शाहरुखको सुपरहिट बलिउड फिल्म दिलवाले दुल्हनियाँ लेजाएँगेमा बोलेको डाइलग ‘बडे बडे देशों में छोटे छोटे बात होते रहेते हैं’ सुनाएका थिए। शाहरुखले ट्वीटरबाट ओबामाको भाषणको हिस्सा बन्न पाएको भन्दै खुसी व्यक्त गरेका छन्।