भारतमा तीन दिन बस्दा ओबामाको आयु ६ घण्टा घटेको दावी

अमेरिकी सञ्चारमाध्यमले दिल्लीमा तीन दिनसम्म रहँदा अमेरिकी राष्ट्रपति बाराक ओबामाको ६ घण्टा आयू घटेको दावी गरेको छ ।

दिल्लीमा रहेको वायु प्रदुषणका कारण उल्लेख गर्दै एक अमेरिकी सञ्चारमाध्यममा यस्तो प्रतिवेदन सार्वजनिक भएको हो । उक्त प्रतिवेदनमा दिल्लीमा प्रदुषणको  निकै धेरै रहेको छ र यसको असर ओबामाको स्वास्थ्यमा पनि पर्न सक्छ ।

Obamaप्रतिवेदनमा विश्वको सबैभन्दा बढि पीएम २.५ थिनी दिल्लीको वायुमा रहेको दावी गरिएको छ । हावामा यस्तो विषालु कणहरुका कारण श्वास सम्बन्धि समस्या, फोक्सोको क्यान्सर र हृदयघात समेत हुन सक्छ । प्रतिवेदनमा भनिएको छ, ‘ओबामाले तीन दिनको भ्रमणमा क्रममा दिल्लीको पी एम २.५ लेवल औसत ७६-८४ माइक्रोग्राम प्रति क्युबिक मिटरको बीचमा रहेको थियो ।’

यो आकँडा भारतको पृथ्वी विज्ञान मन्त्रालयले संग्रहित गरेको हो । युनिभर्सिटी अफ क्याम्ब्रिजका डेविड स्पीगलहैल्टरका अनुसार यो प्रदुषणको हिसाबले एक दिनमा ओबामाको जीवनको दुई घण्टा कम भएको छ । डेविड प्रदुषणबाट पैदा हुने खतराको आकलनमा विशेषज्ञ हुन् ।

डेविडले उक्त प्रदुषणबाट एक दिनमा आठ वटा चुरोट पिएको बराबरको हानी हुने बताएका छन् । यसै प्रदुषणको सेरोफेरोमा दिल्लीमा गणतन्त्र दिवसको परेड हेर्नका लागि दुई घण्टासम्म खुला ठाऊँमा बसेका थिए ।

ओबामाले आउनु भन्दा पहिले नै अमेरिकी आधिकारीहररूमार्फत दिल्लीको वायु प्रदुषणलाई लिएर चिन्ता जनाएका थिए । दिल्लीमा अमेरिकी दुतावासको तर्फबाट १८०० स्विडिस एयर प्युरीफायर्स पनि किनिएको थियो । संयोग के छ भने अमेरिका विश्वमा सबैभन्दा बढि कार्बन डाइअक्साइड उत्सर्जन गर्ने देशमा दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ ।