इराकमा पटक पटक बेचिन्छन् नेपाली महिला

वैदेशिक रोजगारीका लागि द्धन्द्धग्रस्त खाडी मुलुक इराक पुगेका नेपाली महिला त्यही पटक पटक बेचिने गरेका छन् ।
इराकका विभिन्न सहरमा सक्रिय मानव संशाधन आपूर्ति गर्ने गिरोहले नेपाली महिला कामदारलाई इच्छाविपरीत ७ लाख ७८ हजार सम्ममा बेच्ने गरेको पाइएको समाचार आजको नागरिक दैनिकमा छ ।
यसरी बेचिएका महिला कामदारलाई मासिक ४ सय देखि ७ सय अमेरिकी डलरसम्म तलव दिने गरिएको छ ।
नेपाली महिला कामदार इराकका विभिन्न सहरमा पटक पटक बेचिने गरेको सूचना हामीलाई प्राप्त भएको छ ।
गिरोहले उनीहरुलाई ५ हजारदेखि ८ हजार अमेरिकी डलर सम्ममा बेच्ने गरेको पीडितहरुले इराक पुगेका हाम्रा प्रतिनिधिसँग बताएका छन् पराराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो, यसरी बेचिने नेपाली महिलाको संख्या निकै ठूलो छ ।