‘मिसेज नेपाल’ रजनी ‘मिसेज युनिभर्स’ मा भिड्दै

इप्लानेटले केहीअघि राजधानीमा आयोजना गरेको मिसेज नेपालको दोस्रो संस्करणकी विजेता रजनी थापा मलेसियामा हुने मिसेस युनिभर्स २०१४ मा भिड्ने भएकी छिन्। स्पर्धामा भिड्नका लागि २८ वर्षीया थापा आगामी अगस्ट २० मा त्यसतर्फ प्रस्थान गर्ने त्यसको संयोजन गरिरहेका इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले नेपाल समाचारपत्रलाई जानकारी गराएका छन्।
misses Nepal Rajani Thapa
उनका अनुसार आगामी अगस्ट २९ मा मलेसियाको क्वालालाम्पुरस्थित सन वे रिसोर्ट होटेलमा हुने फाइनल प्रतियोगितामा विभिन्न ६३ देशका सुन्दरीहरू उक्त सौन्दर्य प्रतियोगितामा भिड्नेछन्। ‘नेपालको तर्पmबाट यो दोस्रो सहभागिता हो, पहिलो सहभागी ४४ वर्षीया मीना घिमिरेले उत्कृष्ट १० मा परी मिसेज इन्टेलिजेन्सको उपाधि नेपाल भिœयाएकी थिइन्। रजनीले पनि यो अवसरलाई उत्कृष्ट किसिमले सदुपयोग गर्ने विश्वास लिएको छु’ –सापकोटाले भने। ६३ देशका सहभागी र मलेसियालगायत विभिन्न देशका लगभग ३ हजार दर्शकसामु नेपालकी प्रतियोगी रजनीले प्रतियोगितामा नेपालको झन्डा फहराउनेछिन्। यसअघि चीनमा सम्पन्न मिसेस ग्लोब २०१३ मा नेपालका तर्फबाट सहभागी भई मिसेस फिलेन्थ्रोपी अवार्ड जितेकी थापाले उपाधि जितेर नेपाल र नेपालीको शिर उँचो बनाउने आशा राखेको विभिन्न ४२ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका नेपाल निर्देशकसमेत रहेका सापकोटाले बताए।

उनको संस्था इप्लनेटले पछिल्लो संस्करणमा मिसेस नेपालसहित एकै स्टेजमा लिटिल मिस नेपाल, मिस टिन इन्टरनेसनल र मिस इन्टरनेसनल प्रतियोगिता आयोजना गरेको थियो। यो संस्थाले वर्ष २०१५ का लागि पनि आवेदन फारम वितरण शुरू गरिसकेको छ भने बुद्ध र सगरमाथा नेपालीको पहिचान सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन तथा सम्वद्र्धन हाम्रो अभियान भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस हेरिटेज इन्टरनेसनल २०१४ को आयोजना गर्दै छ।यसअघि इप्लानेटले अन्तर्राष्ट्रिय प्रतियोगिता मा २ शीर्ष उपाधि तथा ९ उप–उपाधि नेपाल भित्र्याउन सफल भएको थियो।