नागरिकताको निरन्तरता सम्बन्धि एनआरएनको बिशेष कार्यदल

गैर आवशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले संघका मूख्य संरक्षक राम प्रताप थापाको संयोजकत्वमा नेपाली नागरिकताको निरन्तरता सम्बन्धि बिशेष कार्यदल निर्माण गरेको छ । नयाँ संबिधानमा नेपाली नागरिकताको निरन्तरतालाई सम्बोधन गर्ने उद्धेश्यले गठन गरिएको बिशेष कार्यदलले नेपालका राजनीतिक दल र सरकारसंग समन्वय गर्ने बिशेष कार्यदलका संयोजक एवं गैर आवशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले संघका मूख्य संरक्षक राम प्रताप थापाले जानकारी दिएका छन् । यसै गरी नेपाली नागरिकताको निरन्तरताले मूख्य रुपमा प्रभावित हुने अमेरिका, क्यानडा, बेलायत, युरोप र अष्ट्रेलियाको लागि समेत बिशेष कार्यदल निर्माण गरिएको छ ।
NRN_logoबिशेष कार्यदलका संयोजक एवं गैर आवशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले संघका मूख्य संरक्षक राम प्रताप थापाका अनुसार नेपाली नागरिकताको निरन्तरताले मूख्य रुपमा प्रभावित हुने अमेरिका, क्यानडा, बेलायत, युरोप र अष्ट्रेलियामा बसोबास गर्ने गैर आवशीय नेपालीहरुसंग छलफल, अन्तरक्रिया गरी साझा एजेन्डा तय गर्ने उद्धेश्यले क्षेत्रीय कार्यदलले काम गर्ने जानकारी दिएका छन् । थापाका अनुसार कार्यदलले नेपालको राजनीतिक नेतृत्व र सरकारसंग अब बन्ने संबिधानमा नेपाली नागरिकताको निरन्तरताको लागि नीतिगत सम्बोधनका गराउन सामुहिक पहल गर्नेछ ।
कार्यदलमा अमेरिकाबाट सल्लाहकारमा बाणिज्यदुत प्रेम राजा महत र ऋषि ढकाल रहेका छन् भने सदस्यमा डा. सम्भु ढुंगाना, बाला घिमिरे, भिम बहादुर कार्की, डा. बिनोद केसी, डा. नारायण घिमिरे, डा. साह्रा क्षेत्री, प्रल्हाद केसी, पुरुषोत्तम ढकाल, राधा बस्न्यात, आनन्द बिष्ट, संजय थापा, राम खरेल, शिशिर भट्ट, सोनाम लामा, राजेन्द्र प्रसाईं, विद्या रंजित, भवानी गुरुङ, अर्पना नेपाल र अनिल थापा रहेका छन् । कार्यदलको मूख्य सल्लाहकारमा प्राध्यापक डा. सुर्य सुबेदी, कुल चन्द्र गौतम, संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पुर्व अध्यक्ष जिबा लामिछाने, दिनेश त्रिपाठी, कानुनविद विश्वकान्त मैनाली र संघका अध्यक्ष शेष घले रहेका छन् भने सह संयोजकमा बेलायत निवाशी क्याप्टेन हितमान गुरुङ रहेका छन् ।