इन्स्ट्राग्रामबाट लाखौं कमाउँछन् रोनाल्डो, सेलेना

इन्स्ट्राग्रामको एउटा तस्बिरबाटै स्पेनीश क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लाखौं रकम कमाइ गरेका छन् । इन्स्ट्राग्राम सेडुलर्स हुपरले गरेको एक अध्ययनले रोनाल्डोले इन्स्टाग्राममा गरेको एक पोस्टबाटै तीन लाख १० हजार पाउन्ड रकम कमाइ गर्ने गरेको देखाएको हो ।

रोनाल्डो र सेलेना गोमेज

यद्यपि इन्स्टाग्राम पोस्टमार्फत प्रशस्तै कमाइ गर्नेमा रोनाल्डो मात्रै पर्दैनन् । इन्स्टाग्रामको एउटा पोस्टमार्फत सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा रोनाल्डो तेस्रो स्थानमा पर्छन् । रोनाल्डोभन्दा अघि गाईका सेलेना गोमेज शीर्ष स्थानमा छिन् भने मोडल किम कार्दासियन दोस्रो स्थानमा छन् । रोनाल्डो सामाजिक सञ्जालमा सर्वाधिक ‘फ्लोअर्स’ भएकामध्ये पर्छन् । रोनाल्डोसँग सामाजिक सञ्जालमा १० करोड ६० लाख फलोअर्स छन् ।

आफ्नो कामको सिलसिलामा विभिन्न स्थान पुगिरहने रोनाल्डो इन्स्टाग्राममा पनि नियमित रूपमा तस्बिर राखिरहन्छन् । खेलकुदका सर्वाधिक रुचाइने खेलाडीमध्येका रोनाल्डोको नियमित अभ्यास र सामान्य गतिविधिका तस्बिरसमेत सामाजिक सञ्जालमा धेरै रुचाइन्छ । त्यसैले उनी जति पटक इन्स्टाग्राममा तस्बिर राख्छन्, त्यत्तिनै पटक आफ्नो कमाइमा लाखौं रकम थप्छन् ।

हुपरले सार्वजनिक गरेको रिपोर्टको शीर्ष १० भित्र पर्ने रोनाल्डो मात्र दुई खेलाडीभित्र पर्छन् । इन्स्टाग्रामको एक पोस्टमार्फत लाखौं कमाइ गर्ने खेलाडीको शीर्ष १० भित्रको सूचीमा रोनाल्डो पछि अमेरिकन बास्केटबल खेलाडी लेब्रोन जेम्स परेका छन् । लेब्रोन १०औं स्थानमा छन् । उनी आफ्नो प्रत्येक पोस्टबाट ९३ हजार पाउन्ड कमाइ गर्छन् ।