आमिर खानसँगै काठमाडौंमा जीम गर्ने र सिकाउने गुरू को हुन् ?

aamir_haris_KTM
तस्वीर- हाम्रा कुरा डट कम

बलिउडका चर्चित नायक तथा पछिल्लो सयमका चर्चित टेलिभिजन प्रस्तोता आमिर खानको नेपाल भ्रमण चर्चामा रहेको छ। युनिसेफका सद्भावना दुतका रुपमा उसले संचालन गरेको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन नेपालको कपिलबस्तुको कार्यक्रममा सहभागि हुन आएका आमिरले कपिलबस्तुबाट फर्केपछि होटल द्धारिकामा बसेका थिए। सबै काम पर्फेक्ट गर्ने आमिर मिस्टर पर्फेक्टको रुपमा पनि बलिउडमा चिनिन्छन। उनै आमिर स्वास्थ्यको दृष्टीले् पनि त्यतिकै सचेत देखिन्छन। गजनीबाट उनको शरीरको चर्चा शुरु भएको थियो। उनको पछिल्लो चलचित्र पीकेमा उनको शरीर अझ सुन्दर तथा सुगठीत देखिएको थियो।

भारतमा हुँदा होस वा भारत बाहिर जाँदा शारिरीक अभ्यास गर्ने र मेन्टेन गर्ने काममा उनले प्राथिमकता दिदै आएका छन्। त्यसैले उनले नेपालमा आएर पनि जीम गर्न खोजे। उनी बसेको होटल द्धारिकामा उनले जीम गर्न त खोजे तर सामान्य खालको मात्र जीमखाना मात्र भएपछि उनलाई नेपाल प्रहरीको क्लव सुझाइयो। हेवी इक्विपमेन्ट भएको प्रहरीको जीमखाना आमिरलाई चित्त पनि बुझ्यो। त्यहाँका जीम सिकाउने गुरुहरु पनि नेपालमै प्रख्यात रहेको पनि आमरिलाई बताइएपछि उनले बुधवार साँझ ६ बजेदेखि ७ बजेसम्म १ घण्टा प्रहरी क्लवमै जीम पनि गरे।

आमिर जीम गर्न आउँदा उनीसँग ३ जना सँगै आएका थिए। सुरक्षाका कारण भन्दै अन्यलाई जीम क्लवमा प्रवेश दिइएको थिएन। उनका सुरक्षामा खटिएका सुरक्षाकर्मी क्लवमा व्यापक तैनाथ थिए। बाहिर नेपाली सुरक्षाकर्मी र उनका भारतीय वर्डीगार्डहरुको बाक्लो उपस्थिति भएपनि नेपाल प्रहरीकै एक अधिकारी तथा जीम सिकाउने गुरु हरिश श्रेष्ठ भने आमिरसँगै जीम मात्र गरिरहेका थिएनन केहि टिप्स पनि सिकाइरहेका थिए। निक्कै पसिना निकालेर जीम गरेका आमिरले जाने बेलामा हरिशसँग तस्विर समेत खिचाएका थिए। आमरिसँग जीम गर्ने र उनलाई केहि टिप्स सिकाउन पाउँदा हरिश पनि खुसी छन्। आमिरले आफ्नो शरीर फीट बनाउन गरेको मेहनतबाट हरिश प्रभावित पनि बनेका छन्। आमरिका प्रशंसकहरुलाई कम्तिमा उनले जस्तै आफ्नो शरीर फिट बनाउन ध्यान दिए नेपाली युवाहरु अझ स्वस्थ रहन सक्ने हरिशको बुझाइ छ। -सुदिप रेग्मी