आमिर खान लुम्बिनीतिर घुम्दै

पछिल्लो समय हलिउडदेखि बलिउडसम्मका लोकप्रीय कलाकारहरु विभिन्न अभियानका लागि नेपाल आउने-जाने गरिरहका छन्।
Aamir khanयसै सिलसिलमा बलिउड नायक आमिर खान दुई दिने छोटो भ्रमणका लागि मंगलबार काठमाडौं आइपुगेका छन्। उनी जेट एयरवेजको विमानबाट आधा दर्जन सुरक्षाकर्मीसहित काठमाडौं आएका हुन्। आमिरले आफ्ना आधा दर्जन निजी सुरक्षाकर्मीका साथ लुम्बिनी भ्रमण गर्ने योजना बनाएका छन्।

युनिसेफका सद्भावना दूत रहेका आमिर युनिसेफद्वारा सञ्चालीत पोषणसम्बन्धी विशेष अभियानमा सरिक हुने क्रममा कपिलवस्तु जान लागेका हुन्। उनले कपिलवस्तुको पाकडी–६ सेमरउटीमा आमा समूह र महिला स्वयंसेविकाद्वारा गरिने कुपोषित बालबालिकाको उपचार विधिको प्रत्यक्ष अवलोकन गर्दैछन्।

यस्तैमा, प्रधानमन्त्री सुशील कोइराला र भारतीय अभिनेता अमिर खानबीच भेटवार्ता भएको छ । दक्षिण एशियामा यूनिसेफको सद्भावना दूतका रुपमा खानले प्रधानमन्त्रीलाई भेटेका हुन् । पदयात्रामा रुची देखाएका खानले सपरिवार आउने इच्छा देखाएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।