नमस्ते नेपालबाट कमब्याक हुने कलाकारहरु

हाल यूरोपका विभिन्न देशमा सुटिङ भईरहेको फिल्म नमस्ते नेपालमा पूराना कलाकारहरुको जमघट भएको छ । झण्डै डेढ दशक देखि कलाकारिताबाट namaste-nepalटाढिएर यूरोपमा बसिरहेकी अभिनेत्री पार्वती अधिकारी सहित खलनायक नरेन्द थापा, अभिनेत्री कमला दाहाल र निर्देशक सनम कुमार बैरागको नमस्ते नेपाल फिल्मबाट कमब्याक हो ।

कुनै समयकी निकै चर्चित अभिनेत्री पार्वती १६ बर्षपछि अभिनयमा फर्किएकी हुन भने स्थापित अभिनेता नरेन्द थापा १६ बर्ष, अभिनेत्री कमला ७ बर्ष र निर्देशक सनम कुमार बैराग पनि १६ बर्षपछि एक्सन कटमा फर्किएका हुन ।

कुनै समय तमिल फिल्ममा समेत काम गरेकी कमलाले खेलेको नेपाली फिल्म सम्झनु पर्दा सपनाको नौलो संसार हो भने निर्देशक बैरागले निर्देशन गरेको फिल्म श्रद्धाञ्जली थियो । नेपाली रजतपटमा नरेन्द र पार्वती चाँहि त्यस्ता कलाकार हुन जो फिल्म छेत्रमै निकै चर्चित थिए कुनै समय । निर्माता प्रदीप उदयले दिएको जानकारी अनुसार दशक पछि फिल्म अभिनयमा कमब्याक हुन पाउँदा उनीहरु निकै हर्षित छन् । हाल बेल्जियममा छायाकंन भईरहेको नमस्ते नेपाललाई नृत्य निर्देशकको पहिचान बनाएका राजु शाहले निर्देशन गरिरहेका छन् ।namaste-nepal-1
हाल सम्म ४० प्रतिशत छाँयाकंन सकिएको छ र पूराना कलाकारका साथ काम भएकाले नेपालमै सुटिङ भईरहेको जस्तो अनुभूति भएको छ हामीलाई । उदयले भनेका छन् । प्याटोटिक सब्जेक्टको नमस्ते नेपालमा बेल्जियमकी अभिनेत्री आनाका साथमा नेपालका उदाउदा हिरो सविन श्रेष्ठ र गोपाल ढकाल (छन्दे) मुख्य भूमिकामा छन् । डाईरेक्टर चन्द पन्त र सिनेमाटोग्राफर दिब्य सुवेदी सहितको नमस्ते नेपाल यूनिट तिहार पछि मात्र स्वदेश फर्किनेछ ।