बेल्जियमका नेपालीहरु राधादेश जाने

बेल्जियमका नेपालीहरु श्रीकृष्ण जन्माष्टमीको दिन बेल्जियमको दुर्बेमा अवस्थित राधादेश कृष्ण मन्दिर दर्शनका लागी जाने भएका छन| उनीहरु यहि radha deshaअगस्त १७ अर्थात भाद्र १ आईतवार जादै छन|सनातन धर्म सेवा परिषद बेल्जियमले कार्यक्रमको आयोजना गरेको हो|

राधादेश जानको निम्ति बसको समेत व्यवस्था गरीएको छ|बेल्जियमको लुभेन स्थित डायमण्ड कम्युनिकेशन नजिकै बाट बिहान ठिक १० बजे प्रस्थान गर्ने कार्यक्रम रहेको छ|कार्यक्रमको ब्यबस्थापन बिष्णु सापकोटा,कविता थपलिया र शान्ति भट्टराईले गरेका छन|

श्रीकृष्ण जन्माष्टमीको अवसरमा युरोपका बिभिन्न मुलुकबाट भक्तजनहरु दर्शनको लागी राधदेश जाने गर्दछन|यसै अवसरमा भारतबाट कलाकार झिकाई श्रीकृष्ण सम्वन्धि भक्ति गीत र भजन समेत प्रस्तुत गर्ने गरीन्छ |