बेल्जियमको लुभेनमा तीज पर्वको आयोजना

indra dhanusनेपाली नारीहरुको महान चाड तीजपर्वको अवसरमा ईन्द्र धनुष क्लव बेल्जियमले बेल्जियमको ब्रुल पार्कमा एक कार्यक्रमको आयोजना गरेको छ|कार्यक्रम आउदो अगस्त २४ मा हुदैछ|तीजको अवसरमा तीज सम्वन्धि बिबिध गीत र नृत्यको साथै खानाको समेत व्यवस्था गरीएको छ|

बिदेशमा नेपाली संस्कृतिलाई जीवन्त राख्ने उद्वेश्यले क्लवले झन्डै १० बर्ष देखि तीज कार्यक्रमको आयोजना गर्दै आईरहेको छ|कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागी शान्ति भट्टराईको  संयोजकत्वमा कविता थपलिया,यशोदा थापा र जानु खरेल सदस्य रहेको व्यवस्थापन समिति समेत गठन गरीएको छ|कार्यक्रम बिहान ११ बजे देखि बेलुका १० बजेसम्म हुनेछ|