एन.आर.एन. नागरिक अधिकार कुण्ठित गर्ने प्रयास

- डा. विनय श्रेष्ठ नेपालको नयाँ संविधानले राजनीतिक अधिकार बिनाको भए पनि गैर-आवासीय नेपाली नागरिकताको अधिकार प्रत्याभूत गरेपछि गैर-आवासीय नेपालीहरुले यसलाई एक आंशिक सफलताको रुपमा ग्रहण गर्दै खुशीले दंग परेका थिए। तर हालका केही घटनाले तिनको उल्लासमा चिसो पानी छ्यापेको छ । नेपालको संविधान २०७२ कार्यान्वयनपश्चात् आफ्नो मातृभूमि जान प्रवेशाज्ञा लिई राख्नु पर्ने झन्झटबाट मुक्त भइने र आफूले गरिआएको पेशा…

Comments Off on एन.आर.एन. नागरिक अधिकार कुण्ठित गर्ने प्रयास

एन. आर. एन. संघको अध्यक्षमा शेष घलेविरूद्ध रतन झाले उम्मेदवारी दिने

आगामी असोजमा हुने गैर आवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) को काठमाडौं विश्व सम्मेलनले नयाँ कमिटीको निर्वाचन गर्दैछ । वर्तमान अध्यक्ष शेष घलेले दोस्रो कार्यकालका लागि इच्छा राखेको उनी निकटर्थीहरूले बताएका छन् । उनको संभावित प्रतिस्पर्धीका रूपमा देखिएका उपाध्यक्ष भवन भट्टले घलेलाइ मैदान छोडीदिएको घोषणा गरेपछि चुनावी हल्ला सुस्ताएको थियो । तर, यसैबीच संघका पूर्व महासचिव रतन झाले उम्मेदवारी दिने तयारी…

Comments Off on एन. आर. एन. संघको अध्यक्षमा शेष घलेविरूद्ध रतन झाले उम्मेदवारी दिने

अयोग्य एनआरएनहरू र ‘ब्यापारीहरूको क्लब’ एनआरएन

लामै आनाकानीपछि दर्ताको लागि तयार रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई नेपाल सरकारले कानूनी जटिलताका कारण देखाउँदै संस्था दर्ता गर्न नसकिने पत्र पठाएपछि ‘एनआरएन आन्दोलन’ मा ठुलै समस्या आएको छ । खाडी, कोरिया, मलेशिया लगायतका देशहरूमा काम गर्ने ठूलो प्रवासी समुदाय एनआरएनको परिभाषाबाट अलग्गिने भएपछि ‘एनआरएन राजनीति’ मा समेत धक्का लाग्ने नै भयो । यो तथ्यले एनआरएन राजनीतिमा दूरगामी रूपमा…

Comments Off on अयोग्य एनआरएनहरू र ‘ब्यापारीहरूको क्लब’ एनआरएन

अस्ट्रेलिया छोडेर नेपालमा वाइन उद्यमी

-अर्जुन भण्डारी, वाइन उद्यमी                                                                                                                                                                 मेरा बुबाआमा, आफन्त सबै नेपाली । जन्मभूमि नेपाल । तर, म अहिलेचाहिँ हुँ अस्ट्रेलियन नागरिक । Arjun-Bhandariअस्ट्रेलियामा दुईटा घर थिए मेरा । राम्रो जागिर थियो, निकै राम्रो आम्दानी हुन्थ्यो । तर, शरीरमा बगिरहने नेपाली रगत अस्टेलियन भूमिमा रमाउनै सकेन । सबै थियो, तैपनि के नपुगेनपुगेजस्तो शून्यताले खाइरह्यो । मनले सधैँभरि हुटहुटी लगाइरह्यो– ‘यहाँ नबस, नेपालै जा । जे गर्नु छ मातृभूमिमै गर ।’ तुलनात्मक रूपमा नेपालमा निकै अभाव छ तर पनि आफ्नो नाभि गाडिएको भूमिजति प्यारो अर्को हुँदो रहेनछ । सिड्नीका मनोरम दृश्य र उच्च जीवनशैलीसँग अभ्यस्त बनाउन निकै प्रयास गरेँ, यो नेपाली चित्तलाई । तर, मान्दै मानेन । सम्भ्रान्त सहरका मगमगाउँदा बगैँचाभन्दा आफ्नै गन्हाउने टुकुचा प्यारो लाग्न थाल्यो । अनि त के थियो, चटक्कै छाडिदिएँ त्यो वैभवपूर्ण जिन्दगी । फर्किएँ आफ्नै जन्मभूमि । (more…)

Comments Off on अस्ट्रेलिया छोडेर नेपालमा वाइन उद्यमी