कर्मचारीको मिलेमतोमा बन्छ नक्कली भिसा पेपर
वैदेशिक रोजगार विभागका कर्मचारीकै मिलेमतोमा नक्कली भिसा पेपर बनाई महिला कामदारलाई रोजगारीका लागि खाडी मुलुक पठाउने गरेको तथ्य खुलेको छ। युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले प्रमाणसहित कारबाहीका लागि पत्राचार गरेपछि सो तथ्य बाहिर आएको समाचार राजधानी दैनिकमा प्रकाशित भएको छ। दूतावासले केही म्यानपावर कम्पनीसहित वैदेशिक रोजगार विभागको कर्मचारीको मिलेमतोमा राजस्व छली गर्न नक्कली भिसा पेपर बनाएर श्रमस्वीकृति दिने…