साउदी जान अनलाइनमा रेकर्ड चाहिने

Saudi Arabiaवैदेशिक रोजगारीका लागि साउदी अरब जाने कामदारको भिसामा स्टाम्पिङ भएको प्रमाणिकरण अनलाइनमा देखिएपछि मात्र अन्तिम श्रम स्वीकृति दिइने भएको छ। वैदेशिक रोजगार विभागले आइतबारदेखि सुरु गरेको अनलाइन अपडेट सिस्टममा भिसामा छाप लगाएको रेकर्ड हेर्न सकिने भएपछि यस्तो गर्न लागिएको हो।
अन्य मुलुकको भिसा स्टाम्पिङ यसभन्दा अघि नै अनलाइन सिस्टममा रहे पनि साउदी जाने कामदारका लागि भने सुरु भएको थिएन्। यसअघि ढाकामा भिसा स्टाम्पिङ भएको राहदानी विभागमा बुझाएपछि स्वीकृति दिइने गरिएकामा अब अनलाईनमा रेर्कड भएपछि मात्र स्वीकृति दिइने भएको विभागका निर्देशक दिवस आचार्यले बताएका छन्। साउदी अरब जाने कामदारको भिसा स्टाम्पिङ बंगलादेशको ढाकामा हुने व्यवस्था थियो।
बलात्कारका घटना दिनप्रतिदिन वृद्धि भैरहेको परिवेशमा केही महिना अघि विदेशबाट फकिर्एकी युवती बलात्कार गर्ने प्रहरीलाई साँढे ५ बर्ष जेल सजाँय तोकिएको छ। साउदी अरबबाट फर्किएकी युवतीलाई त्रिभुवन बिमानस्थलमा लुटेपछि बलात्कार गर्ने नेपाल प्रहरीका एक जवानलाई साँढे ५ बर्षको जेल सजायँ सुनाइएको हो।
साउदी अरबबाट फर्किएकी भोजपुरकी २० बर्षिय राईलाई त्रिभुवन बिमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी र प्रहरी मिलेर उनीसँग रहेको २ लाख १८ हजार रुपैयाँ लुटेका थिए भने प्रहरी जवान पर्शुरामले गोंगवुस्थित एक गेष्टहाउसमा लगेर बलात्कार गरेका थिए। सोमबार काठमाण्डौ जिल्ला अदालतले आरोपी पर्शुराम बस्नेतलाई दोषी ठहर गर्दै साढे ५ बर्षको जेल सजायँ सुनाएको छ। न्यायाधीश बिष्णुप्रसाद कोइरालाको एकल इजलासले पीडित युवती सीता राईलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ। घटनामा संलग्न अध्यागमनका कर्मचारीहरु रामप्रसाद कोइराला र टीकाराज पोखरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २४ गते बिशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।
घटनाका बेला अध्यागमन बिभागका महानिर्देशक रहेका सुरेश अधिकारी र उपसचिव लेखनाथ पोखरेललाई निलम्बन गरिएको छ। राईको मुद्दा लडिरहेकी अधिवक्ता लक्ष्मी राईले अभियुक्तलाई सजायँ कम भएको गुनासो गरेकी छन्। सरकारले यसअघि नै पीडित राईलाई एक लाख ५० हजार रुपैयाँ राहत दिइसकेको छ। राईले एक महिनापछि आफू लुटिएको उजुरी काठमाण्डौ प्रहरी र गृहमन्त्रालयमा दिएपछि घटना सार्वजनिक भएको थियो।