रणवीर र कट्रिनाको विवाह नहुनुको कारण

नायीका कट्रिना कैफ र नायक रणवीर कपूरको अफेयरको चर्चा धेरै सुनिएको छ । उनीहरूको विवाह हुने समाचारले पनि केही समय निकै चर्चा पाएको थियो । तर, पछिल्लो समय यी दुईको विवाहका सम्बन्धमा केही चर्चा गरिएको छैन् । यी दुईका धेरै फ्यानलाई यी दुईको विवाह कहिले होला भन्ने जिज्ञासा अझै पनि छँदैछ । तर, उनीहरूको विवाह किन हुन नसकेको भन्ने विषय भने बल्ल खुलेको छ ।

यी दुईको सम्बन्ध रणबीरकी आमालाई त्यति मन परेको छैन् । यसकारण जब जब रणवीर विवाहको कुरा घरमा निकाल्छन् तब तब उनकी आमा रिसाउने गर्छिन् । यो कुरा रणवीर कपूरका पिता ऋषि कपूरले एक अनलाइनसँगको कुराकानीका क्रममा भनेका थिए ।

ranbir kapoor-katrina kaifजब रणवीरले आफ्नो घर छाडेर कट्रिनाको साथमा लिव-इन रिलेशनमा रहने फैसला गरेका थिए, त्यति बेला पनि घरमा विरोधको सामना गर्नु परेको थियो । अब विवाहका सम्बन्धमा पनि यस्तै भइरहेको भारतीय सञ्चारमाध्मयहरूले जनाएका छन् । अब विवाह गर्नका लागि रणवीरले आफ्नी आमा नीतूलाई मनाउनु पर्ने छ । जबसम्म नीतू उनीहरूको विवाहका लागि तयार हुन्नन् तबसम्म उनीहरूको विवाह हुने सम्भावना कमजोर छ ।

कट्रिना रणवीरसँग आफ्नो सम्बन्धलाई लिएर निकै चिन्तित छिन् र उनी रणवीरकी आमालाई फकाउन चाहन्छिन् । हालै कट्रिनाले आफ्नो नयाँ घरमा हवन पूजा गरिन् । रणवीर र कट्रिनाले पछिल्लो समय घर परिवर्तन गरेका थिए ।

नयाँ घरमा आएपछि रणवीरको करिअरको ग्राफ लगातार खस्किन थालेको थियो । यस्तोमा कट्रिनाले आफ्नो घरमा पूजा गराईन् ताकी रणवीरको अवस्था परिवर्तन होस् । साथै यो प्रयासलाई नीतूलाई मनाउने प्रयासका रूपमा पनि हेरिएको छ ।

कट्रिनाले पूजा-पाठ गरेर सायद नीतूलाई आफू भारतीय बुहारीको रुपमा रहन चाहेको विश्वास दिलाउन चाहेको हुन सक्ने भारतीय सञ्चारमाध्मयले अड्कल काटेका छन् ।