लामो समयको वहस पछी व्यवस्थापिका संसदले ‘नेपाल खुला विश्वविद्यालय विधेयक २०७२’ पारित गरेको गरेको छ ।
पारित भए लगत्तै गैर आवासीय नेपालीले संघले स्वागत गरेको छ । २०६७ साल देखि नेपाल सरकार र गैर आवासीय नेपाली संघबीचमा चल्दै आएको वहसलाई एउटा तार्किक विन्दुमा पुर्याउन बिधेयकले मद्दत गरेको संघले ठहर गरेको छ ।
![nrna_logo_latest-6 (1)](https://i0.wp.com/www.onlinekhabar.com/wp-content/uploads/2015/08/nrna_logo_latest-6-1.jpg?resize=347%2C348)
बिश्वबिद्यालय सञ्चालक समितिमा जम्मा तीन जना एनआरएनए प्रतिनिधि रहने र त्यसमध्ये एकजना महिला हुने ब्यबस्था गरेको छ ।गैरआवासीय नेपाली संघ आफ्ना ६ वटा क्षेत्रीय समितिबाट एक-एक जना प्रतिनिधित्व हुनेगरी ६ जनाको माग गरेको थियो ।
२०६५ साल देखि गैरआवासीय नेपाली संघले खुल्ला विश्व विद्यालयको कुरा उठाएको थियो ।