सुखी यौन जीवनका ६ उपायहरू

धेरै जिम्मेवारी, परिवर्तित समय,  कामको चाप तथा बढ्दो तनावका कारण समयक्रमसँगै विवाहित जोडीहरुमा एक अर्काप्रतिको आकर्षण विस्तारै घट्दै जान्छ । यसको सिधा असर उनीहरुको यौन जीवनमा पर्छ । जसका कारण उनीहरुका प्रेमालापका पल समेत दिक्कलाग्दा बन्दछन् र सहवास समेत आनन्ददायी बन्न छाड्छ ।

यौन जीवनमा आउने यस्तो कमजोरीले वैवाहिक जीवनमा समेत नराम्रो असर पुराउन सक्छ । त्यसैले कुनै पनि दम्पत्ति आफ्नो वैवाहिक सम्बन्धलाई दिगो बनाउन सुखी यौन जीवन कायम राख्ने तर्फ पनि सचेत हुनै पर्छ । यौन जीवनलाई सुखी तुल्याउने केही उपायहरूबारे यहाँ चर्चा गरिन्छ ।

poonam-pandey-nasha-movie– यदि तपाइँले आफ्नो पार्टनरलाई सहवासमा सन्तुष्टि दिलाउन असफल हुनुभएको छ भने तपाइँले आफूमा भएको यौनिक दुर्वलतालाई घटाउनेतर्फ सोँच्नुपर्छ । यसका लागि आफ्नो खानपानमा विशेष ध्यान दिनुहोस् । सन्तुलित तथा पर्याप्त क्यालोरीयुक्त भोजन गर्नुहोस् । यसले तपाइँको शरीरको हर्मोनको स्तर, मस्तिष्कको रसायनिक संरचना, उर्जा, कामोत्तेजना तथा यौनेच्छा बढाउँछ ।

– सँगै सुतेपछि गोडा लाग्छ भनेझैँ घरमा सानो तिनो ठास्स ठुस्स तथा झगडा हुन्छ नै । त्यसैले त्यसलाई सामान्य रुपमा लिनुपर्छ र सम्बन्ध सुधार्नेतर्फ लाग्नुर्पर्छ । सेक्सलाई यस्तो बिग्रिएको सम्बन्ध सुधार्ने वा बन्द भएको बोलचाललाई सुरु गर्ने अस्त्रको रुपमा प्रयोग नगर्नुस् । यस्तो रिसरागमा हुने यौन सम्बन्धले न त तपाइँलाई सन्तुष्टि मिल्छ, न त तपाइँको पार्टनरलाई । यस्तो सँर्सगले सम्बन्ध सुधार्ने पनि होइन । त्यसैले पहिले विवाद मिलाउनुहोस्, बन्द भएको बोली तथा चढेको रिसको पारो शान्त पार्नेतर्फ लाग्नुहोस् अनि बल्ल समझदारीमा सहबासमा संलग्न हुनुहोस् । त्यसबाट पर्याप्त सन्तुष्टि प्राप्त हुन्छ । सेक्समा जरुरी चिज भनेको सन्तोष हो, न कि केवल शारीरिक मिलन ।

– यदि पतिको यौन क्षमताको कमी तथा शिघ्र पतन जस्ता कारणले गर्दा पत्नीले यौन सन्तुष्टि पाउन सकेको छैन भने यस्तोमा श्रीमानसँग झगडा गर्ने वा सराप्ने कामले यौनजीवन झनै बिग्रन्छ । त्यस्तो समस्या भएमा आपसमा छलफल गर्ने, विभिन्न खाले उपचारका पद्धति अपनाउने, सम्भोगका आसन वा यौन सन्तुष्टिका अन्य मैथुनिक उपायको अवलम्बन समेत गर्न सकिन्छ ।

– नियमित सम्भोग सुखी यौन जीवनका लागि महत्वपूर्ण हुन्छ । यद्यपि सम्भोगको मात्रालाई उमेर, कामको अवस्था लगायतले प्रभावित गर्छ । दैनिक सम्भोग गर्ने महिला वा पुरुष खास उमेर भन्दा पाँच-सात वर्ष तन्नेरी देखिन्छन् । सहवासका बेला शरीरमा निस्कने हर्मोनले व्यक्तिलाई तन्नेरी देखाउने विज्ञहरु बताउँछन् ।

– आफ्नै पतिसँगको सम्भोगका दौरान समेत बढि लजाउने तथा खुल्न नसक्ने बानीका कारण धेरै महिलाले चरम आनन्द पाउनबाट बञ्चित हुन्छन् । उनीहरुको त्यस्तो संकोचले पुरुष पार्टनरलाई समेत निराश पार्छ । आफ्नो यौन जीवनलाई ‘हट एण्ड ह्यापनिङ’ बनाउन चाहनुहुन्छ भने महिला मित्रको लागि सुझाव छ कि संकोचलाई त्याग्नुहोस् । सहबासको अध्याय तपाइँले नै सुरु गरी पार्टनरलाई सरप्राइज दिनुहोस् ।
– सुखी यौन जीवनको अर्को मन्त्र हो- नयाँ प्रयोग । नयाँ र रचनात्मक प्रयोगका निम्ति सधैँ खुला दिलको हुनु राम्रो हुन्छ । सँगै बस्दा र दिन बिताउँदा एकोहोरो जीवन हुन्छ । धेरै खाए चिनी पनि गुलियो हुन्न । त्यसैले, दैनिक कृयाकलाप र यौन क्रिडामा पनि नवीनता खोज्नुपर्छ । नयाँ ठाउँ घुम्ने र यौन क्रिडामा नयाँ आसन पुयोग गर्दा नयाँपन आउँछ ।

यी उपायहरू झट्ट पढ्दा सामान्य लागे पनि प्रभावकारी छन् । यस्ता उपायहरूको सही कार्यान्वयनले  यौन जीवन सुखमय बन्न सक्छ ।