नेपाली ब्यान्डले लन्डन केम्डेन हाइस्ट्रिटमा कन्सर्ट गर्ने

Undersideनेपाली मेटल ब्यान्ड ‘अन्डरसाइड’ ले लन्डनस्थित केम्डेन हाइस्ट्रिटमा एकल कर्न्सट गर्दैछ। आगामी वैशाख ४ मा हुने कन्सर्टको आयोजना लाइभनेसन इन्टरटेनमेन्ट नामक कम्पनीले गर्दैछ।
‘हाम्रा लागि यो परीक्षाको समय हो। यो कर्न्सट उत्कृष्ट भयो भने हामीले निरन्तरता पाउनेछौं,’ ब्यान्डका गिटारिस्ट विक्रान्त श्रेष्ठले भने।