‘बि’ ग्रेडका फिल्म खेल्ने ‘ए’ ग्रेडका कलाकार

कलाकारहरु स्थापित भै सकेपछी सके सम्म राम्रो ब्यानरको चलचित्र  खेल्न चाहन्छन र उनीहरु आम्दानी भन्दा पनि खेलेको चलचित्र  समाजमा पार्ने प्रभावका बारेमा बढी सोच्ने गर्छन| स्थापित कलाकारहरु कहिले काही बिषय मन नपरेको भन्दै चलचित्र खेल्दैनन| तिनै कलाकारहरु कुनै समय करियर बनाउन ‘बि’ ग्रेड कै चलचित्र खेले| यसरी चलचित्र खेल्नेहरुमा बलिउडका अमिताभ बच्चन देखि कैट्रीना कैफ सम्म छन |

को को छन् त करियर बनाउनको लागी ‘बि’ ग्रेडका चलचित्र खेल्ने कलाकारहरु ‘टाईम्स अफ इन्डिया’ ले तयार पारेको सूची |

अभिताभ बच्चन

हिन्दी चलचित्र ‘बम’मा अभिनय गरेपछि अमिताभ बच्चनको राम्रै आलोचना भयो| उक्त चलचित्रका केहि दृश्यहरुमा उत्तेजक अभिनय गरेका बच्चनले टुपिसमा सजिएकी युवतीलाई टोक्न खोजिएको दृश्यलाई धेरै मिडियाले महत्वका साथ प्रस्तुत गरे उक्त चलचित्रमा काम गर्नु अघि अमिताभले अलग शैलीको चलचित्रमा काम गर्न लागेको धारणा सार्वजनिक गरेका थिए|तर चलचित्र रिलिज भए पछी भने दर्शकले दोश्रो दर्जाको चलचित्र भनेर टिप्पणी गरे |

katrina-bikini

कैट्रीना कैफ

यहिलेकी चर्चित अभिनेत्री कैट्रीना कैफले सोहि  चलचित्रबाट डेब्यु गरेकी हुन| उक्त चलचित्रमा टुपिसमा प्रस्तुत भएकी कैट्रीनाले केहि गरम दृश्य समेत दिएकी थिइन् |

राजेश खन्ना

राकेश सावन्त द्वारा निर्देशित ‘एक घातक लभ स्टोरी’मा काम गरे पछी सुपरस्टार राजेश खन्नाले पनि आलोचना सहनु पर्यो | जुन चलचित्रबाट उनको कमब्याक भएको थियो |

मिथुन चक्रवर्ती

‘क्लासिक डान्स अफ लभ’ मा अभिनय गरेका थिए मिथुन चक्रवर्तीले |एक नर्तकीको पछी लागेर धार्मिक प्रशिक्षणमा सहभागी हुन जाने एक पात्रको भूमिका निर्वाह गरेका उनले नर्तकी संगै केहि हट दृश्य समेत दिएका थिए|

नेहा धुपियाneha

पूर्व मिस इन्डिया नेहा धुपियाले ‘शिशा’मा काम गर्नु अघि चलचित्रको बिषय राम्रो भएको बताएकी थिइन्| जब चलचित्र रिलिज भयो चलचित्र बि ग्रेडको मात्रै भएको पुष्टि भएन उनले निर्वाह गरेको चरित्रको ब्यापक आलोचना भयो|

मनिषा कोईराला

‘एक छोटी सी लभ स्टोरीमा’ काम गरेपछि मनिषा कोईरालाको निकै आलोचना भयो|उक्त चलचित्रमा निकै बोल्ड चरित्र निर्वाह गरेकी मनिषा माथि आपत्तिजनक दृश्य दिएको आरोप लाग्यो|

अक्षय कुमार

अक्षय कुमार पनि ‘बि’ ग्रेडको चलचित्रबाट अछुतो छैनन् | जेम्स बोन्डको जीवनीमा आधारित भनिएको एउटा ‘सी’ ग्रेडको हिन्दी चलचित्रमा अभिनय गरेका छन्| त्यसै गरी करन अर्जुन लगायत केहि चलचित्रमा अभिनय गरेकी ममताले पनि प्रारम्भमा केहि बि ग्रेडका चलचित्र खेलेकी थिईन| मिस वर्ल्ड डायना dayanaहेडनले पनि चर्चामा आउनको लागी अंग प्रदर्शनको साहारा लिईन | ‘तौवा तौवा’ मा काम गरेकी पायल रोह्तगीले अझै आफुलाई स्थापित नायिकाको रुपमा पदस्थापन गर्न सकेकी छैनन् | उक्त चलचित्रका केहि दृश्यमा टुपिसमा प्रस्तुत भएकी पायल अहिले पनि  संघर्षरत छिन| चलचित्र  ‘डब्बल क्रस ’ मा विकिनीमा प्रस्तुत भएकी निगार खानले केहि चर्चा पाए पनि प्रभाव जमाउन सकिनन् | अर्की नायिका मेघना नायडूको पनि हालत त्यस्तै भयो|