नेदरल्याण्ड्सबिरुद्ध नेपालको सनसनीपूर्ण जीत

नामिबियामा भैरहेको आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को आफ्नो दोस्रो खेलमा नेपालले बलियो प्रतिद्धन्द्धि नेदरल्याण्डबिरुद्ध २ विकेटको सनसनीपूर्ण जीत दर्ता गराएको छ ।
nepal-cricket-teamनामिबियाको युनाइटेड क्रिकेट क्लबमा नेदरल्याण्ड्सले दिएको १५९ रनको लक्ष्य नेपालले अन्तिम ३ बल खेल्न बाँकी छदा पार गर्यो । क्रिजमा अन्तिमसम्म रहेका सरद भेषवाकारले नटआउट २४ रन जोडे । धैर्यतापूर्वक ब्याटिङ गरेको भेषवाकारले ५३ बलको सामना गर्दा बाउन्ड्री भने हान्न सकेनन् ।
नेपालको इनिङमा बिनोद भण्डारीले सबैभन्दा बढि रन बनाउने क्रममा आक्रमक ब्याटिङ गर्दै ३० बलमा ३५ रन जोडे । भण्डारीले ३ छक्का र १ चौक प्रहार गरे । यस्तै सोमपाल कामीले २४ रन जोड्दा कप्तान पारस खड्काले १९ रनको योगदान गरे । बलिङतर्फ नेदरल्याण्ड्सका मुसादार भुखारी, असन मलिक, मिचेर रिपोनले २–२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले एक बल खेल्न बाँकी छदा सबै विकेट गुमाएर १५८ रन जोड्यो । नेदरल्याण्ड्सको लागि रिपोनले ५३ रनको अर्धसतकीय पारी खेल्दा ओपनर स्टेफिन मेब्रुगले ३६ रन जोडे । बलिङतर्फ नेपालको लागि सोमपाल, पारस, बासन्त र शक्ति गौचनले २–२ विकेट लिए ।
यसअघि पहिलो खेलमा युगाण्डासँग २ रनले पराजित भएको नेपाललाई जितपछि राहत मिलेको छ । जितपछि नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । नेदरल्याण्ड्स दाेस्राे स्थानमा छ भने दुवै खेल जितेको नामिबिया शीर्ष स्थानमा छ । आइतबार भएका अन्य खेलमा नामिबियाले युगाण्डालाई ४ विकेट र केन्यालाई क्यानडाले ४६ रनले हराएका छन् ।

  • Post category:खेल