बेल्जियममा साहित्यिक अर्न्तकृया

नेपाली साहित्यमा ऐतिहासिक अस्वीकृत जमात २०२६, बुटपालिस २०३१ आन्दोलनका एक अभियन्ता एवं सक्रिय स्रष्टा कविताराम श्रेष्ठसँग गत नोभेम्वर ३० मा बेल्जियमको लुभेनमा एक अन्तक्रिया सन्ध्या सम्पन्न भयो ।
kabitaram 2अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले आयोजना गरेको सो कार्यक्रममा स्रष्टा श्रेष्ठले आफनो लेखनी यात्रासँगै उल्लेखित आन्दोलन र समसामयिक नेपाली साहित्यको समग्र विकास क्रममा आफना अनुभवहरु विस्तारित रुपमा चर्चा गर्नुभएको थियो । अनेसास बेल्जियमका अध्यक्ष दीपेन्द्र के.सी.को सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव दीपकज्योति पौडेलले गर्नु भएको थियो ।