नेपाललाई हाम्रो साथ चाहिएको छ: जोअना लुम्ले

Joanna-Lumley-nepal-aidभारी मन बोकेर म यो लेख्दैछु, हाम्रो देशको रक्षा गर्ने र मेरो जीवनसँग प्रत्यक्ष जोडिएका त्यस देशका जनता अहिले शोकमा छन्। दुई सय वर्षदेखि बेलायतमा गोर्खालीहरूले योगदान गर्दै आएका छन्। मेरो आफ्नै बाबुले १८ वर्षसम्म गोर्खा राईफल्समा सेवा गरे। नेपाली सैनिकसँग काँधमा काँध मिलाएर उनी लामो समय लडे। गोर्खा सैनिकहरूले बेलायतलाई दुइ विश्वयुद्धमा सहयोग गरे र अहिले पनि सहयोग गरिरहेका छन्। अहिले त्यही गोर्खाहरूको देश मृत्युको शोकमा पर्दा मलाई निकै पीडा महसुस भएको छ। बाँचेकाहरू चरम गरिबीमा छन् भन्ने सुन्दा अझै पीडा भएको छ। दैनिक जीवन सञ्चालनका लागि उनीहरू संघर्ष गरिरहेका छन्। यो भूकम्प पछिल्लो ८० वर्षपछिको ठूलो महाभूकम्प हो।
यस भूकम्पले उनीहरूसँग भएको थोरै कुरा पनि खोसेर लगेको छ। आमाहरूले छोराछोरी गुमाएका छन्, श्रीमान्हरूले श्रीमती। मृतकहरूको संख्या यसरी नै बढिरहेको छ। तपाईहरूले यो पढ्दै गर्दा शनिबार गएको भूकम्पबाट पीडित भएकाहरू राहतको खोजीमा छट्पटाइरहेका छन्। उपत्यका बाहिर रहेका धेरै गाँउहरूमा धेरै च्यापिएका छन्, किचिएका र थिचिएका छन्। पहिरोले पुरिएका छन् र घाइतेहरू जीवन जोगाउन उपचारको आशामा प्रतिÔारत छन्। भूकम्प केवल ६० सेकेन्ड मात्रै गयो। तर, त्यसको प्रभाव लामो समयसम्म रहनेछ। नेपालीहरूलाई अहिले हाम्रो सहयोग आवश्यक छ। म नेपालको भूकम्प पीडितहरूको समर्थनमा सहयोग जुटाइरहेको छु। किनकि हामीले संकलन गरेको सहयोग रकम नेपाली दाजुभाईलाई उद्धार गर्न खटिरहेका बेलायती नियोगहरूले प्राप्त गर्नेछन्। उनीहरूलाई तत्कालै प्रभावकारी ढंगबाट उद्धार गर्न यो सहयोगले महत्वपूणर््ँ भूमिका निर्वाह गर्नेछ।
संकलित चन्दा रकम सोझै घाइतेको उपचार, घरबारविहिनलाई बसोबास र पानी, खाद्यान्न र अन्य आवश्यक सामाग्री उपलब्ध गराउनका लागि जानेछ। उनीहरूले सबै गुमाएका छन्, धेरै पीडामा परेकाहरूको जीवन रक्षार्थ सहयोग दिइनेछ, यसमा बालबच्चा, जेष्ठ नागरिक र अपाङगहरू समेत पर्नेछन्।
नेपालका बहादुर जनतालाई तत्कालै हाम्रो साथ चाहिएको छ र यसलाई उनीहरू हादिर्कतापूर्वक स्वीकार्नेछन्। ५ पाउन्डले एक परिवारलाई एक दिनसम्म पाल्न सक्नेछ, १० पाउन्डबाट दुईसातासम्म दुई परिवारलाई शुद्धक पानी उपलब्ध गराउन सकिनेछ, २० पाउन्डले ५ परिवारलाई तत्कालै बस्नका लागि टेन्टको व्यवस्था गर्न सकिनेछ। त्यसैले यस अपिललाई गम्भिररतापूर्वक लिनुभयो भने हाम्रो सहयोगको आशामा प्रतिक्षारत थुप्रै सामू राहत पुग्नेछ। तपाईहरू सबैलाई हृदयदेखि नै धन्यवाद छ। मलाई नेपाली समुदायप्रति सहयोग गर्नका लागि अग्रसर हुन पाउँदा निकै गर्व लागेको छ।