भूकम्पबाट देशभर व्यापक क्षति, ७.८ म्याग्निच्युटको भूकम्प

Dharahara break downमुलुकभर भुकम्प गएकोछ। शनिबार बिहान गएको भूकम्पले काठमाडौंसहित देशका विभिन्न भागमा सयौँ हताहत भएको अनुमान गरिएको छ ।

शनिवार मध्यान्ह काठमाडौँको आसपासको क्षेत्रमा शक्तिशाली भुकम्प ‍गएको छ। झन्डै आधा घण्टा सम्म पटक पटक गएको भुकम्पले राजधानीमा ठूलो क्षति भएको छ।

सडक फुटेका छन्। पटकपटक भूइचालो गइरहेको छ । सडकमा मानिसहरु के गर्ने, कहाँ जाने भनेर अन्योल बढेको छ।  सुरक्षा निकाय उद्दारमा जुटेको छ। पटक पटक गरी आएको भूकम्पले कति क्षति पुर्याएको छ, विवरण आउन बाँकी छ।

लमजुङ केन्द्रबिन्दु बनाएको भुकम्प ७.८ रेक्टर स्केल‍को आएको छ।

भूकम्पले धरहरा ढलेको छ। क्षतिको विवरण आउन बाँकि छ। हताहतको सँख्या हजाराैं हुनुसक्ने अनुमान गरिएको छ ।

earthquake-nepal
earth-quake-Nepal