‘भाण्टा’ देखि ‘भूकम्प-काण्ड’ सम्म हल्ला फैलाउने एकै पत्रकार

आतंक फैलाउने पत्रकार छुटाउन दवाव

भ्रामक समाचार सम्प्रेषण गरेर सर्वसाधारणमा आतंक फैलाउने आरोप लागेका एक अनलाइन पत्रिकाका तीन पत्रकारलाई छुटाउन प्रहरीलाई दवाव दिएका छन् ।

नेपाल प्रेस काउन्सिलको समितिमा रहेका पदाधिकारी र सदस्यहरूले भूकम्पको गलत समाचार सम्प्रेषण गरेर आतंक मच्चाउने तीन पत्रकारलाई छुटाउन प्रहरीलाई दवाव दिएको साैर्य ले उल्लेख गरेको छ ।

Freedom of the pressकेन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गलत समाचारमार्फत आतंक फैलाएको अभियोगमा नेपाली हेडलाइन्स टीमका कार्यकारी सम्पादक सरोज गौतम, डेक्स सम्पादक सचित देवकोटा र कार्यकारी निर्देशक गीता भट्टराईलाई गिरफ्तार गरेको थियो ।

वैशाख १२ गते शनिबार मध्यान्ह ११ः५५ बजे देशका विभिन्न भागमा आएको बिनाशकारी भूकम्पका सम्बन्धमा वैशाख १३ गते वैज्ञानिकसमेतको हवला दिँदै ‘वैज्ञानिक भन्छन् : अझै ठूलो भुकम्प आउन बाँकी नै छ’ भन्ने शीर्षकमा सो अनलाइन पत्रिकाले समाचार सम्प्रेषण गरेको थियो ।

जनमानसमा डरत्रास, आतंक फैलाउने खालका समाचार सम्प्रेषण गरेको भन्दै वैशाख १५ गते मंगलबार काठमाडौं बुद्धनगरबाट व्यूरोको टोलीले तीन जना पत्रकारहरूलाई पक्राउ गरेको थियो ।

यसअघि पनि सोही अनलाइन पत्रिकाले पद्म कन्या कलेज डिल्लीबजारका छात्राहरूका सम्बन्धमा ‘भाण्टा’को विषयमा चिरित्र हत्या हुने गरेर समाचार सम्प्रेषण गर्दा प्रहरीले टिमलाई नै पक्राउ गरी विद्युतीय अपराध ऐनअनुसार कराबाही चलाएको थियो । आइन्दा पत्रकार आचारसंहिता उल्लंघन नगर्ने सर्तमा पक्राउ परेका पत्रकारहरू रिहा भएका थिए ।

‘स्कुप’ मार्ने बहानामा अनलाइपत्रपत्रिकाहरूमा गलत समाचार आउँदा त्यसबाट समाजमा परेको असरले प्रहरी हैरान भएको व्यूरोले जनाएको छ । व्यूरोका एक उच्च अधिकारीले भने, ‘पत्रकार हुँ भन्दैमा जे पनि लेख्न पाइँदैन, दोषीलाई कारबाही गर्दा कथित ठूला पत्रकार हुँ भन्नेले रिहा गर्न दवाव दिनु हुँदैन ।’

सच्चिनेलाई मौका दिनुपर्ने जनाएको व्यूरोले पटक पटक गल्ती गर्नेलाई यत्तिकै छाड्न नमिल्ने जनाएको छ ।

पक्राउ परेका पत्रकारहरूको टिमले यसअघि पनि गल्ती गरिसकेको भन्दै व्यूरोले कारबाही गर्नबाट नरोक्न पत्रकार महासंघ, प्रेस काउन्सिल र कथित ठूला पत्रकारहरूसँग आग्रह गरेको छ ।

प्रेस स्वतन्त्रताको नाममा नेपालमा पत्रकारले जे लेखे पनि उन्मुक्ती दिने अभ्यास चल्दै आएको छ ।