क्यानडाको ओन्टारियोमा नेपाली उमेदवार

नेपाली मूलका दिपक आनन्द क्यानडाको ओन्टारियो राज्यको मिसिसागा क्षेत्रबाट स्थानीय निर्वाचनमा  प्रोग्रेसिभ कन्जरभेटिभ पार्टीबाट उमेद्वार बनेका छन्। पार्टीको आन्तरिक निर्वाचनमा उनी विजयी भएपछि आगामी जुन ७ मा हुने निर्वाचनमा उनको उमेद्वारीको टुंगो लागेको हो ।

विगत दुइ दशकदेखि स्थानिय समुदायका विभिन्न कार्यक्रममा सक्रिय सहभागी हुँदै आएका दिपक केही वर्षदेखि नेपाली समुदायका कार्यक्रमहरूमा पनि व्यस्त देखिन्थे । दिपकको उमेदवारीले यहाँको नेपाली समुदायले गर्वको अनुभूति गरेका छन् र थुप्रै नेपाली उनको पक्षमा निर्वाचन प्रचारप्रसारमा जुटेका छन् ।