राती दाह संस्कार किन नगर्ने ? गरे के हुन्छ ?

हिन्दु धर्ममा करिब १६ वटा संस्कार बताइएको छ । यसमा सबैभन्दा अन्तिम संस्कार मृतक संस्कार हो । यसपछि कुनै अन्य संस्कार हुँदैन, यसैले पनि यसलाई अन्तिम संस्कार भनिन्छ । शास्त्रका अनुसार शरीर पञ्च तत्व अर्थात् पृथ्वी, जल, अग्नी, वायु र आकाशबाट बनेको हुन्छ । अन्तिम संस्कारको रूपमा जब व्यक्तिको दाहसंस्कार गरिन्छ, तब पाँचवटै तत्व जहाँबाट आएका थिए त्यहीँ बिलिन हुन्छन् र पुनः नयाँ शरिर पाउने अधिकारी बन्ने गर्छन् ।

DeathRitual-hinduअन्तिम संस्कार विधीपूर्वक नहुँदा मृतकको आत्मा भट्किने गर्छ । किनकी ती पाँच तत्वलाई न त पृथ्वीमा ठाऊँ मिल्छ न त परलोकमा, यसकारण उनीहरू बीचमा नै रहन्छन् । यस्ता व्यक्तिको आत्मा प्रेतलोकमा जाने गर्छ । यसैले व्यक्तिको मृत्यु भएपछि विधीपूर्वक उनीहरुको दाह संस्कार गर्ने गरिन्छ ।

तर, कुनै व्यक्तिको मृत्यु भएपछि जतिबेला पनि दाहसंस्कार भने गर्न नहुने बताइन्छ । यसका लागि शास्त्रमा दाह संस्कारका केही नियम बनाइएको हुन्छ ।

तीमध्येको एक हो, कुनै व्यक्तिको मृत्यु राती या साँझ परेपछि भयो भने उक्त व्यक्तिको अन्तिम संस्कार बिहान सुर्योदयदेखी सूर्यास्त हुनुभन्दा पहिले गर्नुपर्छ । सूर्यास्त भएपछि दाहसंस्कार गर्नु शास्त्र विरूद्ध मानिन्छ ।

यदी कुनै व्यक्तिको मृत्यु दिऊँसो हुन्छ भने उक्त व्यक्तिको दाहसंस्कारसूर्यास्त भन्दा पहिले नै गर्नुपर्छ । साँझ परेपछि दाहसंस्कार गर्न हुँदैन ।

शास्त्रका अनुसार सूर्यास्तपछि शवको अन्तिम संस्कार गर्न नहुनुको कारण के हो भने सूर्यास्तपछि यदी अन्तिम संस्कार गरियो भने दोष लाग्ने गर्छ ।

यसले मृतक व्यक्तिलाई परलोकमा कष्ट भोग्नुपर्ने हुन्छ र नयाँ जन्ममा उसको कुनै अंगमा खराबी देखीन सक्छ । अर्को के मान्यता छ भने सूर्यास्तपछि स्वर्गको ढोका बन्द हुन्छ र नर्कको ढोका खुल्छ ।

यस्तै, यस विषयमा अर्को मत के छ भने सूर्यलाई आत्माको कारक मान्ने गरिन्छ । सूर्य नै जीवन र चेतना हो । आत्माले सूर्यबाट नै जन्म लिन्छ र सूर्यमा नै बिलिन हुन्छ । सूर्य नारायण रूप हुन् र सबै कर्मलाई हेर्ने गर्छन् ।

रातको समय राक्षसी शक्ति बलियो हुन्छ, जसले मुक्तिको बाटोमा व्यवधान खडा गर्न सक्छ । यसै कारण शास्त्रमा साँझ या रात परेपछि यदी कै व्यक्तिको मृत्यु हुन्छ भने मृतक व्यक्तिको दाह संस्कार नगर्ने बताइएको हो ।

यदी कसैको राती या साँझ परेपछि मृत्यु हुन्छ भने उसको मृत शरिरलाई तुलसीको मठ नजिकै राख्ने र शवको वरिपरी दियो बाल्ने गर्नुपर्छ । शवलाई राती कहिल्यै पनि एक्लै छोड्नु हुँदैन ।

मृत व्यक्तिको आत्मा आफ्नो शरिरको नजिकै घूम्ने हुनाले र आफ्नो परिवारको व्यवहार हेर्ने हुनाले शवको नजिकै बसेर भगवान् प्रार्थना गर्ने गर्नुपर्छ । यसले मृतकको आत्मालाई शान्ति मिल्छ ।

शवलाई एक्लै छोड्दा उक्त शरिरमा मृत व्यक्तिको आत्मा हुँदैन, जसले गर्दा मृत व्यक्तिको शरिर खाली घर जस्तै हुन्छ । खाली घरमा जो पनि छिर्ने सक्ने जस्तै खाली शरिरमा जसको पनि आत्मा छिर्न सक्छ । उक्त आत्मा खराब आत्मा पनि हुन सक्छ । यसैले शरिरलाई खराब आत्माबाट बचाउनका लागि पनि शवको नजिकै बस्नुपर्छ ।