विश्वविद्यालयहरूमा विदेशी विद्यार्थीहरूको शुःल्क बढ्ने

बेल्जियमका विश्वविद्यालयहरूले युरोपेली सँघभन्दा बाहिरबाट आएका विद्यार्थीहरूलाइ शुःल्क बढाउने भएका छन् । लुभेन, आन्तवर्प र ब्रसेल्सका विश्वविद्यालयहरूले यसबारे निर्णय गरिसकेका छन् भने गेन्ट विश्वविद्यालयले एकाध हप्तामा निर्णय लिँदैछ ।

KU leuvenविश्वस्तरका भए पनि बेल्जियमका विश्वविद्यालयहरू शुल्कका हिसाबले सस्ता मानिन्छन् । तर कतिपय विद्यार्थीहरू सस्तो शुःल्क भएकै कारण विश्वविद्यालयको स्तर कम हो की भनी ठान्ने यहाँका शिक्षाविद्हरूले बताएका छन् । अर्कोतर्फ विदेशी विद्यार्थीहरूलाइ ज्यादा गाइड चाहिने पनि विश्वविद्यालयका प्राचार्यहरूले उल्लेख गरेका छन् ।

विदेशी विद्यार्थीहरूलाइ शुःल्क बढाइने भए पनि विकासशील देशका विद्यार्थीहरूलाइ भने सहुलियत शुःल्क अपनाइने बताइएको छ ।