कोरियामा नेपाली अनुसन्धानकर्ता सम्मानित

दक्षिण कोरियाको क्वाङ उन विश्वबिद्यालयमा इलेक्ट्रोनिक इन्जिनियरिङमा बिद्यावारिधि गरिरहेका नेपाली विद्यार्थी bibek.jpgविवेकराज श्रेष्ठ सम्मानित भएका छन| कोरियाको अनुसन्धान प्रतिष्ठानको बिके प्लस परियोजना अन्र्तगत उत्कृष्ठ अनुसन्धान गरे बापत दक्षिण कोरियाली उपप्रधान एंव शिक्षामन्त्री ह्वाङ उ यले  श्रेष्ठलाई सम्मान-पत्र र पुरस्कार हस्तान्तरण गरेका हुन्| उनले एक बर्ष देखि बिके प्लस परियोजना अन्तर्गत विज्ञान र प्रविधिमा अनुसन्धान गरिरहेका  छन्|

यो सम्मान पाउने उनि पहिलो नेपाली बिद्यार्थी हुन् | कोरियाका ६१ वटा बिश्वबिद्यालयका १४ हजार ९ सय अनुसन्धानकर्ताहरु मध्ये श्रेष्ठ उत्कृष्ठ २६ बिजयीमा परेका हुन्| सन् १९९९ मा सुरु भएको उक्त परियोजनामा बिद्याबारिधि तथा स्नातकोत्तर शोधकर्ता मध्ये  बिशिष्ठ अनुसन्धानकर्ताहलाई यसै बर्षदेखि सम्मान गर्न थलिएको हो|

यस अघि श्रेष्ठले विभिन्न पुरस्कारहरु प्राप्त गरीसकेका छन्|