एक लाख २९ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा रमितिए

विश्व प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तरगतका पर्यटकीय स्थलहरुमा गत वर्ष एक लाख २९ हजार ९०० जना पर्यटकहरुले भ्रमण गरेका छन् ।

म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङ जिल्लाको ५७ गाविसमा फैलिएको २१ दिनको अन्नपूर्ण पदयात्राका लागि सन २०१४ मा एक लाख २९ हजार ९०४ जना पर्यटक भित्रीएको एक्यापले जनाएको छ । यो संख्या सन २०१३ भन्दा ११.८२ प्रतिशत बढी हो ।

annapurna_trekयस क्षेत्रको भ्रमणका लागि सार्कभन्दा तेस्रो मुलकका नागरीक बढी आएको एक्याप जोमसोमका प्रमुख बिदुर कुईकेलले बताए । यो पदमार्गको भ्रमण गर्न सार्क मुलकका नागरिकले प्रतिव्यक्ति २०० रुपैया र तेस्रो मुलुकका नागरिकले दुई हजार रुपैया प्रवेश शुल्क बुझाउनुपर्छ ।
मार्च, अप्रिल, मे, सेप्टेम्बर, अक्टोबर र नोम्भेबर महिनामा अनुकुल मौसमका कारण बढी पर्यटक भित्र्ने गरेका छन् । एक्यापले सन १९९३ देखि यो क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क राखेयता गतबर्ष सर्वाधिक पर्यटक भित्रीएको बताएको छ ।

IFअन्नपूर्ण क्षेत्रका एक दर्जनभन्दा बढी हिमशृङखला, थोराङ्ला पास, उपल्लो मुस्ताङ, मुस्ताङको कला, संस्कृती, विश्वकै ठूलो क्षेत्रफलमा फैलिएको लालिगुँरासको जंगल, पुनहिलको सुर्योदय, घोरेपानीको बसाई, धान्द्रुकको आतिथ्यता, तातोपानी कुण्डमा स्नान, न्यानो आतिथ्य सत्कारसंगै ग्रामिण रहनसहन अन्नपूर्ण पदयात्राको बिशेषता र आर्कषण हुन ।