भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु, ३ वर्षभित्रमा सम्पन्न हुने लक्ष

भैरहवामा अन्तर्राष्ट्रय विमानस्थलकाे निर्माण कार्य ३ वर्षभित्रमा सम्पन्न हुने लक्षसहित सुरु भएकाे छ। याे विमानस्थलकाे बिहीवार प्रधानमन्त्री सुशील काेइरालाले शिलान्यास गरेका छन्।

सरकारका मुख्य सचिव लिलामणी पौडेलले एडिबीका धेरैजसो योजनाहरु समयमा पुरा हुन नसकेको उल्लेख गर्दै सबैभन्दा ठूलो योजनाको रुपमा रहेको यो विमानस्थल गुणस्तरीय र समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे। नागरिक उड्यन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले विमानस्थलको पहिलो चरणको काम ६ अर्ब २२ करोड ५१ लाखको लगानीमा सन् २०१७ डिसेम्वर महिना सम्ममा पुरा हुने जानकारी गराएका थिए।
Bhairahawa-airportप्राधिकरणका अनुसार शिलान्यास भएको तीन वर्ष भित्रमा अन्तर्राष्ट्रिय स्तरको हुनेछ। यो विमानस्थल चिनिया ‘कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले निर्माण गर्ने भएको हो। एसियाली विकास बैंकको ऋण सहयोगमा यो विमानस्थल स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन लागिएको हो।

यो विमानस्थलको स्तरोन्नति पश्चात् काठमाडौं आउने अन्तर्राष्ट्रिय उडानका जहाज भैरहवा अवतरण गर्ने विकल्प तयार हुने प्राधिकरणको दावी रहेको छ।
स्तरोन्नति पश्चात् गौतमबुद्ध विमानस्थलमा एअरबसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज समेत अवतरण गर्न सक्ने छन्। विमानस्थलको स्तरोन्नति सँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण्ँ हुने प्राधिकरणले जानकारी दिएको छ। नेपालकाे याे दाेस्राे अन्तराष्ट्रिय विमानस्थल हाे। सरकारले यसलाई राष्ट्रिय गाैरवकाे याेजनाभित्र राखेकाे थियाे।