भारतीय सर्वेक्षणमा भाजपा अगाडि

भारतमा आगामी संसदीय निर्वाचनमा भारतीय जनता पार्टीले सबैभन्दा ठूलो पार्टीका रूपमा सरकार निर्माण गर्ने एक सर्वेक्षणले देखाएको छ । आगामी निर्वाचन सो दलले बहुमत प्राप्त गर्ने अनुमान गरिएको सो सर्वेक्षणले देखाएको छ ।
narendra_modi_BJPसर्वेक्षणले सो निर्वाचनमा भारतीय जनताका पार्टीले नेतृत्व गरेको नेसनल डेमोक्रेटिक गठबन्धनले भारतीय संसद्को तल्लो सभामा कम्तीमा पनि २ सय ११ देखि २ सय ३१ स्थान हासिल गर्ने देखाएको छ । सो गठबन्धनले सदनको ५ सय ५२ स्थानमध्ये बढीमा २ सय ३१ स्थान ल्याउने सो सर्वेक्षणले देखाएको छ ।
भारतमा वर्तमान सत्ता पक्षीय कंग्रेस दोस्रो ठूलो पार्टी हुने भनिए तापनि त्यसको हार नराम्रोसाग हुने अवस्था रहेको पनि देखाएको छ । सर्वेक्षणअनुसार हाल प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको भारतीय जनता पार्टीले मात्र १ सय ९० देखि २ सय १ स्थानसम्म हासिल गर्ने अवस्था रहेको पनि देखाएको छ ।
भारतीय टेलिभिजन संस्था सीएनएन आईबीएनले सो अवस्था रहेको देखाएको हो । सोही सर्वेक्षणलाई आधार बनाएर भारतको एक प्रमुख दैनिक पत्रिका टाइम्स अफ इन्डियाले शनिबारको अंकमा समाचार लेखेको छ । समाचारअनुसार यदि नयाा सर्वेक्षणले देखाएबमोजिम नै सो गठबन्धनले त्यो स्थान हासिल गरे भारतीय जनता पार्टीेले नै अहिले अघि सारेका नरेन्द्र मोदी नै प्रधानमन्त्री हुने बताएको छ ।
भारतमा आगामी मे महिनामा आमनिर्वाचन हुन लागेको छ । सो निर्वाचनलाई विशेष महत्त्वका साथ हेरिएको छ । हालैको विधान सभाको निर्वाचनमा नयाा दिल्ली राज्यमा नवगठित पार्टी आम आदमी पार्टी अनायासै नेतृत्वमा आएपछि यो निर्वाचनलाई महत्त्वका साथ हेरिएको हो ।
सो निर्वाचनमा भारतको पुरानो दल कंग्रेस सबैभन्दा तल्लो स्थानमा पुगेको थियो । जसका कारण आगामी निर्वाचनमा भारतीय कंग्रेसको अवस्था त्यस्तै हुने त होइन भनेर पनि अनुमान गर्न थालिएको छ ।
यी आमअनुमानकै बीचमा भारतीय प्रमुख प्रतिपक्षी दल भारतीय जनता पार्टीले नै पहिलो स्थान हात पार्ने भनी यो सर्वेक्षणमा उल्लेख गरिएको छ ।