विधुवाले लगाए सिन्दुर,पोते

श्रीमानको मृत्यु पश्चात चुरा पोते, सिन्दुर, टीका र रातो कपडा लगाउनु हुन्न भन्ने प्रचलन विरुद्ध रुपन्देही जिल्लाका एकल महिलाले रातो पहिरन अभियान शुरु गरेका छन।

श्रीमान्को मृत्यु भएपछि रातो बर्जित गरी सेतो कपडामा बस्नुपर्छ भन्ने संस्कारलाई रुपन्देहीका महिलाले चुनौती दिदै
समाजमा एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि बिगत एक वर्षदेखि रातो पहिरन अभियान शुरु गरेको बताएका छन् ।
श्रीमानको मृत्युपछि एकल हुन पुगेका महिलालाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक भएकाले उनीहरुलाई समाजमा टाउको उभ्याएर हिडन समस्या परेको गुनासो एकल महिलाहरुले गर्दै आएका छन ।
ऋाफूहरू एकल हुँदा समाजमा अपहेलित हुनुपर्ने र एकल महिलालाई नैे बोक्सीको आरोप लगाउने, जिउँदै जलाउने प्रवृत्ति अहिले पनि समाजमा विद्यमान रहेको रुपन्देहीकी एकल महिला सीता न्यौपानेले बताइन ।
ऋाफूहरू एकल हुँदा अनेकन समस्या भोगेको र चाहेर पनि समाजको डरले रातो कपडा चुरा टीका लगाउन नपाएको गुनासो एकल महिलाले गर्दै आएका छन् । यसैवीच मानव अधिकारका लागि एकल महिला समाजले तीजको अवसर पारी रुपन्देहीका एकल महिलालाई रातो टीका, चुरा र पछेउरा लगाइदिएको छ ।
एकल भएको १६ वर्ष पछि तिलोत्तमा प्रगतिनगरकी ७७ बर्षिया भिमकला न्यापानेका साथै  ७० वर्ष भन्दा माथिका पाँच जना ज्येष्ठ महिलालाई कार्यक्रममा रातो पहिरन दिईएको छ ।
एकल भएको ४० वर्षपछि पुनः रातो पहिरन पाउँदा कतिपय बृद्ध आमाहरू निकै खुसी हुंदै सहज रुपमा रातो पहिरत स्वीकार गरेको समाजकी रुपन्देही अध्यक्ष राधिका श्रेष्ठले बताइन ।