दीपकुमार उपाध्याय र लिलामणि पौडेल भारत र चीनको लागी राजदूत सिफारिस

छिमेकी मुलुक भारत र चीनका लागि नयां राजदूतमा दीपकुमार उपाध्याय र लिलामणि पौडेलको नाम सिफारिस गरिएको छ । विहिवार बसेको  मन्त्रिपरिषद् बैठकले उक्त नाम सिफारिस गरेको हो । dipkumar uppadhyaa
निकट भविश्यमा हन लागेको प्रधानमन्त्री पुष्पकमल दाहालको को भारत भ्रमणको तयारी तथा चिनियाँ राष्ट्रपति र भारतीय राष्ट्रपतिको नेपाल भ्रमण कार्यक्रम भएकाले सम्वन्धित देशमा आफ्ना राजदूत हुनु आवश्यक भएको ठहर गरी दुवैदेशमा राजदूत नियुक्तिका लागि सिफारिस गरिएको संचारमन्त्रि राम कार्कीले जनाए ।
भारतका लागि सिफासिरमा परेका दीपकुमार उपाध्याय यसअधि पनि भारतका लागि नेपाली राजदूत थिए । Lilamani Poudel तर तत्कालीन सरकारले पदावधी नपुग्दै उनलाई फिर्ता वोलाएको थियो ।

चीनका लागि सिफारिसमापरेका लीलामणि पौडेल नेपाल सरकारका पूर्व मुख्य सचिव हुन् ।