‘भाषामाथि नकारात्मक धारणा आपत्तिजनक’ :प्राध्यापक त्रिवि

TU_buildingनेपाली भाषाको लेख्य मानक प्रयोगलाई विगत केही समयदेखि केही व्यक्ति र निकायबाट जबर्जस्ती भत्काई नेपाली भाषाका प्रयोक्तालाई दिग्भ्रमित तुल्याउने दुष्प्रयास भइरहेकोमा त्यसप्रति नेपाली भाषासाहित्यको विश्वकै सर्वाेच्च निकाय त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाली भाषाको वर्णविन्यासका क्षेत्रमा विशेषतः संयुक्त वर्णको लेखन, पदयोग र पदवियोग तथा ह्रस्वदीर्घका सम्बन्धमा नयाँ“ मान्यताका नाममा प्रचलित परम्परा र मानक लेखनलाई भत्काएर नेपाली लेखनलाई अस्तव्यस्त तुल्याउने दुष्कार्यप्रति हाम्रो असहमति रहेको छ ।

नेपाली भाषा लामो परम्परा, प्रचलन र प्रयोगबाट स्थापित एवं विकसित भाषा हो । यो नेपाली विषय पढ्ने र पढाउनेमा मात्र सीमित नरही सरकारी कामकाजको भाषा, बहुभाषी जातजातिका बिचको सम्पर्क भाषा, आमसञ्चार, पत्रकारिता र ज्ञानविज्ञानका क्षेत्रमा प्रचलित साझा भाषासमेत हो । नेपाली भाषा नेपालमा मात्र सीमित नरही संसारका विभिन्न मुलुकमा समेत विस्तारित भइसकेको हु“दा यसले अन्तर्राष्ट्रिय स्वरूप ग्रहण गरिसकेको छ ।

राष्ट्रभाषा, साझा भाषा, सम्पर्क भाषा र माध्यम भाषाका रूपमा विकसित नेपाली भाषाको अन्तर्राष्ट्रिय विस्तार र विश्वव्यापीकरण भइसकेका अवस्थामा नेपालकै केही व्यक्ति र निकायबाट यस भाषाको मानक लेख्य स्वरूपलाई भत्काएर विकृत तुल्याई नेपाली भाषाप्रति नकारात्मक धारणा पैmलाउने प्रयास गरिनु आपत्तिजनक कार्य हो ।

भाषा वैयक्तिक स्वार्थपूर्तिको माध्यम नभई आम जनसरोकारको विषय भएको हु“दा राज्य संयन्त्रले परिपत्र वा तोकआदेशका माध्यमबाट नेपाली भाषाका लेखनको सहज परम्परा र स्थापित मान्यतालाई भत्काउने तथा मानक शब्दकोशलाई बिगारेर अस्तव्यस्त पार्ने कार्य कुनै पनि सभ्य मुलुकका लागि शोभादायी हु“दैन ।

भाषामा हुने नैसर्गिक परिवर्तन प्रयोक्ताहरूले सहज रूपमा आत्मसात् गर्ने प्रक्रिया हो । परिवर्तनका नाममा परिपत्रका माध्यमबाट जबर्जस्ती लादिने नियमलाई हामी अस्वीकार गर्छौँ । यसरी लादिएको नियमलाई आमसञ्चार, पत्रकारिता, प्रतिभाशाली स्रष्टाहरू, पुस्तक–पत्रपत्रिका प्रकाशन गर्ने सम्पूर्ण जिम्मेवार संस्थाहरूले समेत स्वीकार गरेका छैनन् । केही व्यक्तिले विभिन्न निकायका पदमा रहेर नेपाली भाषाको लेख्यरूपलाई विकृत बनाएकाप्रति हामी असहमत छौँ ।

नेपाली भाषा आज व्यापक र विस्तारित प्रयोगको विषय बनेको छ । भाषाको परिवर्तन जनस्तरबाट स्वीकार भएपछि मात्र प्रयोगमा आउनुपर्नेमा कसैको लहड र परिपत्रका नाममा जबर्जस्ती लादिने प्रक्रियाले भाषिक परिवर्तनलाई प्रतिनिधित्व गर्न सक्दैन । यस्तो अवस्थामा आमसञ्चार, लेखक, प्रकाशक, भाषाविद् तथा नेपाली भाषालाई दोस्रो भाषाका रूपमा प्रयोग गर्ने भाषाभाषी समुदाय र नेपाली भाषाका आम प्रयोक्तासमेतको सहभागितामा छलफल र बहस चलाएर मात्र लेखन प्रणालीलाई कार्यान्वयनमा ल्याइनुपर्नेमा भाषाप्रयोक्ताको आम विषयलाई परिपत्रका नाममा लाद्ने प्रक्रियाप्रति हाम्रो असहमति छ । त्यसैले सम्बद्ध निकायले यसतर्फ तुरुन्त कदम चालोस् भन्ने हामी चाहन्छौँ ।

अहिले नेपाली भाषाका बारेमा भइरहेको बहसले नेपाली भाषाप्रति नै नकारात्मक दृष्टिकोण विकास हुने सम्भावनालाई सङ्केत गरेको छ । परिवर्तनका नाममा लेख्य नेपाली भाषाकोे अस्तित्वलाई नै सङ्कट पार्ने कार्यलाई हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ । राष्ट्र र राष्ट्रियताको सञ्चेतनाको प्रमुख आधारका रूपमा रहेको नेपाली भाषाको लेखनपद्धतिलाई बिगारी नेपाली भाषाको अस्तित्वलाई सङ्कटमा पार्ने काम कहीँकतैबाट हुनु हँदैन, तसर्थ भाषासम्बन्धी त्यस्ता विवाद र बहसलाई सम्बद्ध निकायले तुरुन्त समाधान गर्ने प्रक्रिया सुरु गरी चित्तबुझ्दो समाधानका लागि कार्य गरोस् भन्ने हाम्रो अपेक्षा रहेको छ ।

विश्वविद्यालयको लेखन, पठनपाठन, प्रकाशन आदिमा प्रचलित र स्थापित मानक नेपाली भाषाकै प्रयोग भइरहेको र भइरहनेमा हाम्रो प्रतिबद्धता रहेको कुरा सम्बद्ध सबैमा जानकारी गराउ“छौ“ । विश्वविद्यालयबाट भएका कतिपय पूर्वनिर्णयमा संशोधन–परिमार्जन गर्न आवश्यक देखिएमा त्यसको पनि संशोधन–परिमार्जन गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण रहेको छ ।Bigyapti-631x800Bigyapti1-646x800