बागलुङ्ग समाज बेल्जियमद्वारा वृद्धाआश्रमलाई सहयोग

bqglungबागलुङ्ग फेब्रुअरी १३,बागलुङ्गसमाज बेल्जियमले बाग्लुङ्ग जिल्लाको निरहेमा अवस्थित निमार्णाधिन जेष्ठ नागरिक आश्रमलाई पाँच लाख पचहत्तर हजार नगद रुपयाँ सहयोग गरेको छ । बाग्लुङ्ग समाज बेल्जियमको पहलमा उक्त रहम बेल्जिजययमा संकलन गरिएको थियो । ओमकारेश्वर वृद्धाआश्रम निमार्ण समिति तथा बाग्लुग समाज बेल्जियमको संयुक्त आयोजनामा बा न पा ११ निरहेमा एक विषेश कार्यक्रममको आयोजना गरि चेक हस्तान्तरण गरिएको हो ।

कार्यक्रममका सभापति तथा ओमकारेश्वर वृद्धाआश्रम निमार्ण समितिका अध्यक्ष मणिभद्र कँडेलले सभापतिको आशनबाट बोल्दै बागलुग समाज बेल्जियमको सहयोगको उच्च मुल्याँकन गरिएको बताए । प्रमुख जिल्ला अधिकारी कैलाश नाथ खरेलले प्रमुख आतिथिको आसनबाट बोल्दै बाग्लुग समाजको उद्धेश्य शिक्षा, स्वास्थ्य र सर्वाङ्गिण विकासका लागि भए पनि जेष्ठ नागरिकलाई गरिने सहयोग पनि उत्तिकै महत्वपुर्ण र सराहनिय रहेको बताउनु भयो ।

बाग्लुग समाज बेल्जियमका अध्यक्ष देवेन्द्र शर्मा देवुले प्रवासको अत्यन्तै व्यस्त र कठिन परिस्थितीका बाबजुद पनि सयौ कोष टाढाबाट जन्मस्थानका लागि गरिएको सहयोगको सहि सदुपयोग हुने अपेक्षा राख्दै आगामी दिनमा पनि यस्ता खालका सहयोग निरन्तर जारी रहने बताउनु भयो ।

बागलुग समाज बेल्जियमका महासचिव कृष्ण प्रसाद श्रेष्ठले सहयोगीको नामवली प्रस्तुत र सदस्य शालिक गौतमको बागलुग समाजको बारेमा आफ्ना भनाइ राखेका थिए ।कार्यक्रममा बाग्लुग समाजका अध्यक्ष देवेन्द्र शर्मा देवु र श्रीमती पुनम शर्माको तर्फबाट व्यक्तिगत रुपमा वृद्धाआश्रममा बसोबास गरिरहेका जेष्ठ नागरिकहरुलाई सल (ऊनीको खास्टो) २१ थान समेत प्रदान गरेका थिए । कार्यक्रममा बाग्लुग जिल्लाका विभिन्न सरकारी, गैर सरकारी कार्यलयका प्रमुखहरु, राजनैतिक दलका प्रतिनिधीहरु तथा पत्रकारहरु सयौसयौ नागरिकहरुको उपस्थिती रहेको थियो ।- शालिक गौतम