पत्रकार महासंघ युरोप शाखाद्वारा माओवादी अध्यक्षसँग प्रेस भेटघाट

Kiran in Belgiumनेपाल पत्रकार महासंघ युरोप शाखाले युरोप भ्रमणमा रहेका माओवादी अध्यक्ष मोहन वैद्य किरण र सचिव देव गुरुङ्गसंग प्रेस भेटघाट कार्यक्रम आयोजना गर्यो । सो कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिदै अध्यक्ष किरण र सचिव गुरुङ्गले नेपालको समसमायिक राजनैतिक विषय र आफनो राजनैतिक दलको भुमिकाको वारेमा प्रष्ट पारेका थिए ।

यसअघि कार्यक्रममा नेपाल पत्रकार महासंघ युरोप शाखाको पार्षदद्वय ओम शर्मा र डिल्ली अम्माईले माओवादी अध्यक्ष मोहन वैद्य किरण र सचिव देव गुरुङ्गलाई कार्यक्रममा स्वागत गरेका थिए ।

कार्यक्रममा सहभागी भै आफ्नो विचार राखेकोमा माओवादी अध्यक्ष किरण र सचिव गुरुङ्गलाई धन्यवाद दिदै नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष महेश थापाले नेताद्वयलाई प्रेस भेटघाटको समय उपलव्ध गराई सहयोग गरेकोमा नेपाल प्रगतीशिल मंच वेल्जियमका पदाधीकारीहरुलाई धन्यवाद दिएका थिए ।