नौ महीने बालकलाई हत्या प्रयासको प्रहरी आरोप (भिडियो सहित)

mom. musaएक पाकिस्तानी पुलिस अधिकारीले एक नौ महीने बच्चालाइ ‘हत्या गर्ने प्रयास गरेको’ आरोपमा पक्राउ गरेको पुष्टी भएको छ ।

एक ग्याँस कंपनीको प्रतिनिधिमाथि गत १ फेब्रुवरीमा ढुङ्गा हानेको आरोपमा मोहम्मद मूसा नामक बच्चालाइ उसको परिवारका अन्य सदस्यहरूका साथ गिरफ्तार गरिएको थियो । पूर्वी पाकिस्तानको लाहौर सहरको बाहरी बस्तिमा ग्याँस मीटर गडबड गर्ने मान्छेहरूबारे कन्ट्रोल गर्न आउँदा सो घटना भएको आरोप लगाइएको थियो ।

आफ्नो रिपोर्टमा प्रहरी अधिकारी काशिफ मुहम्मदले आफ्नो हजुरबुबा मुहम्मद यासीनको काँधमा चढेर बच्चाले रोएर-कराएर बाधा पुर्याएको र बच्चासहितको जमातले हत्या प्रयास गरेको भन्दै नौ महीने बच्चासहितलाइ अभियोग लगाएका थिए ।

यो कुरा अदालत पुग्दा सबै छक्क परेको बच्चाको हजुरबुबाले बताए । र न्यायाधीशले
ती प्रहरी अधिकारीलाइ निलंबित गर्न आदेश दिएको एएफपीलाइ उल्लेख गर्दै फ्रेन्चभाषी पत्रिका ल स्वारको समाचारमा जनाइएको छ ।