रमेश खरेल आफूलाई भेट्न नआएकोमा गृहमन्त्रीको आक्रोश

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले काठमाडौं प्रहरी प्रमुख रमेश खरेल आफूलाई भेट्न नआएको गुनासो गरेका छन् । धुलिखेलमा शनिबारदेखि सुरु भएको एमालेको युवा संघको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष समेत रहेका गौतमले भने-’मलाई भेट्दा स्वाभिमान गिर्ने उसले ठानेको छ ।’ आफू गृहमन्त्री हुँदा कसैलाई अन्याय हुन नदिने दावी पनि उनले गरे ।
ramesh-kharel
गौतमले आरोप लगाउँदै भने-’पक्रिने अनि दुई/तीन दिनमा छाड्ने अपराधीलाई उन्मुक्ति दिने तरिका हो । उनी (रमेश खरेल) सेलीब्रेटी बन्न खोजेका छन् ।