जन सम्पर्क समिति युरोपको अधिबेशन स्थगित

यहि नोभेम्बर २९ र ३० स्पेनको वार्सिलोनामा हुने भनिएको जनसम्पर्क समिति युरोपको दोश्रो अधिबेशन स्थगित भएको छ | युरोपेली क्षेत्रका केहि देशहरुमा नेपाली जनसंपर्क समितिहरु गठन भै नसकेको र निकट भविष्यमा उक्त राष्ट्रहरुमा पनि जनसम्पर्क समिति गठन हुने प्रक्रिया अगाडी बढेको तथा केही देशहरुमा अधिवेसन भै नसकेको अवस्थामा जनसंपर्क समति युरोपको अधिवेसन गर्दा युरोप महादेशबाट अधिबेशनमा भाग लिने प्रतिनिधिको व्यवस्था गर्न कठिन हुने उल्लेख गर्दै स्थगित गरीएको छ |

नेपाली काग्रेसको १३ औ महाधिवेसनको मिति तय नभएको र नेपाली काँग्रेस केन्द्रीय समितिले पार्टीका सवै इकाइहरुको एक वर्ष म्याद थपेका कारण केन्द्रबाट सवै इकाइहरुमा एकरुपता ल्याउने अधिक संभावना भएको कारण नेपाली काँग्रेसको महाधिवेसनको पूर्वसन्ध्यामा अधिवेसन गर्दा उचित हुने ठहर गरेका छ, विहिवार जारी बिज्ञप्तिमा भनिएको छ |

जारी बिज्ञप्ति जस्ताको तस्तैnc europe