चितवनको सौराहामा हात्ती महोत्सव

चितवनको सौराहामा वर्षेनी हुने हात्ती महोत्सव यो वर्ष पुस ११ गतेदेखि हुने भएको छ । विगत ९ वर्षदेखि हुदै आएको हात्ती महोत्सव पुस ११ गतेदेखि १५ गतेसम्म हुने आयोजक क्षेत्रिय होटल संघ सौराहाले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

Hatti mahotsavयस अघि तीन दिनसम्म भएको महोत्सव १० औं संस्करणमा भने ५ दिन हुने लागेको हो । हात्ती महोत्सव अन्र्तगत हात्ती दौड, हात्तीका छावाहरुको फुटवल प्रतियोगिता, टाँगा दौड, गाडा दौड, डुङ्गा दौडा, हात्तको श्रृङ्गार प्रतियोगितालगायत सास्कृतिक कार्यक्रम पनि हुने हात्ती महोत्सवका संयोजक ज्ञानेन्द्रकुमार विष्टले जानकारी दिनुभयो । अघिल्लो वर्ष समावेश नगरिएको डुङ्गा दौडलाई यस वर्ष स्थान दिईएको छ । चितवनको सौराहालाई विश्वभर चिनाउन, पर्यटन प्रर्वद्धन गर्न, वन्यजन्तुको संरक्षण, कला संस्कृतिको संरक्षण तथा स्थानिय क्षेत्रको विकास गर्ने उदेश्यले प्रत्येक वर्ष हात्ती महोत्सव गरिदै आएको छ ।

पर्यटक भ्रमणका हिसाबले चितवन नेपालको तेस्रो लोकप्रीय पर्यटकिय गन्तव्य हो ।