‘नेपाली ठग्ने नेपाली’ थाइल्याण्डमा पक्राउ

अमेरिका र युरोपका देश पठाइदिन्छु भन्दै ठग्ने एक नेपाली युवा थाईल्याण्डमा पक्राउ परेका छन् । पक्राउ परेका ति नेपालीले अरु तीन जना नेपालीलाई ठगेका हुन् ।
पक्राउ परेका विवेक वान्तवाले तीन जना नेपालीबाट २ लाख ६२ हजार रुपैयाँ ठगेको बताईएको छ ।

थाइल्याण्डको एक अनलाइन समाचारका अनुसार किशोर राई भनेर चिनिने ३३ वर्षीय विवेक वान्तवाले ३ जना नेपालीलाई थाइल्याण्डको नाका भएर अमेरिका, क्यानडा र नर्वे लगायत देशमा रोजगारीमा पठाइदिने आश्वासन देखाएर उक्त रकम लिएका थिए ।

पश्चिमा देश पठाइदिने भन्दै पैसा लिएपनि महिनौं सम्म झुलाएपछि पिडित नेपालीहरुले दिएको उजुरीका आधारमा थाइल्याण्ड प्रहरीले वान्तवालाई पक्राउ गरेको हो ।

पिडितको उजुरीका आधारमा पक्राउ परेका वान्तवालाई नियन्त्रणमा राखेर थाई प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रहरीले वान्तवा यसअघि समेत यस्तै ठगि मुद्दामा जेल परेर छुटेका अभियुक्त भएको बताएको छ ।