सेक्स स्क्याण्डलको १३ वर्षपछि पहिलो पल्ट सार्वजनिक समारोहमा- मोनिका लेविन्स्की

monica-lewinsky-2014ह्वाइट हाउसका पूर्व इन्टर्न मोनिका लेविन्स्की, जो पूर्व राष्ट्रपति बिल क्लिन्टनसँगको अफेयरका कारण चर्चामा रहेकी थिइन्, १३ वर्षपछि पहिलोपटक सार्वजनिक समारोहमा देखापरेकी छिन् ।

यसको साथै उनले समाजिक सञ्जाल ट्वीटरमा पनि आफ्नो एकाउण्ट खोलेकी छिन् ।
फोर्बस पत्रिकाले अमेरिकाको फिलाडेल्फियामा आयोजनाको ३० वर्ष मुनिकाको सम्मेलनमा उनले निकै भावुक हुँदै सन् १९९८ मा क्लिन्टनसँगको सेक्स स्क्याण्डलको बारेमा स्मरण गरेकी थिइन् ।

क्लिन्टनसँग प्रेममा परेपछि आफू इन्टरनेटमा साइबर बुलिङको सिकार बनेको बताउँदै उनले भनिन्, ‘इन्टरनेटबाट जीवन बर्बाद पारिएको पहिलो मानिस सायद म नै हो ।’