१९ वर्षमा थाहा पाइन् किशोरीले, यौनाङ्ग नभएको कुरा !

१९ वर्षमा थाहा पाइन् ब्रिटीश किशोरीले, उनको यौनाङ्ग नभएको कुरा ! उनको नाम हो- ज्याकी बेक ।
बाहिरबाट देख्दा यौनाङ्ग जस्तो भए पनि उनको योनी मार्ग र पाठेघर नभएको कुरा डाक्टरबाट सुन्दा उनी आश्चर्य चकित बनिन् ।
सबै सामान्य जस्तो लाग्ने उनले आफू १९ वर्षको हुँदा पनि महिनाबारी नभएको गुनासो घरेलु डाक्टरलाई भनिन् । डाक्टरले स्त्री रोग विशेषज्ञको मा पठाए । स्त्री रोग विशेषज्ञ चिकित्सकले हेर्ने बित्तिकै केही अस्वाभाविक प्रतिकृया दिइन्- उनले यौन संपर्क गर्न सक्दिनन् र आफै बच्चा जन्माउन सक्दिनन् ।
lady face coveredयो थाहा पाउँदा आफू लज्जित महशुश भएको र परिवार तथा साथीहरूलाई केही भन्न नसकेको ज्याकीले बताइन् । पछि उनले आमालाई इमेलबाट भनेको र आमा अत्यन्त समझदार बनेको उनले बताएकी छन् ।