ह्याण्ड नेपाल बेल्जियमद्वारा नेपालका सामुदायिक बिद्यालयलाई सहयोग प्रदान

ह्याण्ड नेपाल बेल्जियमले नेपालका काभ्रेपलाञ्चोक र पर्वत जिल्लाका सामुदायिक बिद्यालयलाई सहयोग स्वरूप कम्प्युटर उपलब्ध गराएको छ| नेपालको शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्वेश्यले पनौतीमा रहेका सामुदायिक बिद्यालयमा ८० थान कम्पुटर वितरण गरीएको हो|HAND NEPAL.JPG

‘हातहातमा मोबाईल,घरघरमा ईमेल’ भन्ने नाराको साथ शुक्रवार पनौतीमा आयोजित एक कार्यक्रमका बीच नेपाल सरकारका सूचना तथा संचारमन्त्री एंव प्रवक्ता डा.मिनेन्द्र रिजालले उक्त कम्प्युटर हस्तान्तरण गरेका थिए|

कार्यक्रममा काभ्रे र पर्बत जिल्लाका सामुदायिक विद्यालयहरु शारदा उच्च मा.वि. पनौती, चक्रेश्वर उच्च.मा.वि. च्याम्राङ्गबेसी, भालेश्वर उच्च.मा.वि. मल्पी, कृष्णगोपाल मा.वि. ढुंखर्क, जनता मा.वि. पर्वत जिल्ला, भुमिमाता मा.वि. तिप्चोक, सरस्वती मा.वि.चलाल,  श्रीकृष्ण उच्च.मा.वि. दाप्चा, कमलादेवी मा.वि. बल्थली र बाल आर्दश मा.वि. खोपासीलाई इन्टरनेट सुविधायुक्त कम्प्यूटरहरु हस्तान्तरण गरिएको थियो|

कार्यक्रमका अध्यक्ष चिनिया दुवालले शिक्षा नै समृद्वीको आधार भएको उल्लेख गर्दै बिकटमा रहेका बिद्यालयहरुमा कम्प्युटर प्रदान गरेको जानकारी गराए| उनले नेपालको संस्कृति तथा पर्यटन प्रवर्द्वनको निम्ति बेल्जियममा आयोजना गरेका विभिन्न कार्यक्रमहरुबाट सहयोग संकलन गरी बिद्यालयलाई सहयोग गरेको बताए| गत बर्ष ह्याण्ड नेपाल बेल्जियमले पार्वती उच्च मावि, ढुंखर्कलाई २० थान कम्प्युटरको साथै कम्पाउण्डमा मार्बल छाप्ने काममा सहयोग गरेको थियो|HAND NEPAL.JPG

कार्यक्रममा ह्याण्ड नेपाल बेल्जियमका सदस्य बेल्जियन नागरिक एलिन दुपोन, फ्रेवन उवोर्स समेत उपस्थित थिए| साथै उपस्थित सभासद राम हरी सुबेदी, नेपाली काग्रेस काभ्रेका जिल्ला सभापति शिव हुमागाई,  क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाईं, पार्वती उच्च मा.वि.का प्राचार्य गोविन्द शर्मा, शारदा उच्च मा.वि.का रामहरि के.सी.ले सहयोग स्वरूप कम्प्युटर उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए|HAND NEPAL 2.JPG

यसै गरी ह्याण्ड नेपाल बेल्जियमका संरक्षक जेफ दाबिदले आगामी वर्ष २०१५ मा नेपालका अन्य जिल्लाका विद्यालयहरुलाई कम्प्युटर प्रदान गर्ने तयारी रहेको जानकारी गराएका थिए|