हरियालीविहीन सहर (कविता)

 

* मिसुजु फुकुदा (जापान)                                                                                                             Greenless City (Poem)

चालीस किलोमिटरभित्रको जिउने क्षेत्र हो यो ?

आफ्ना सन्तान नष्ट हुन सक्ने सम्भावना भए पनि

वीरजस्तै तिमी अरूलाई कष्ट नदिने

आफ्नो जीवन बचाउने प्रक्रियाले मात्र बाँचेका

 

तिम्रो जिउने क्षेत्र चोर्ने को हो ?

यान्त्रिक आरा र बुल्डोजरको आवाजले

नजिक नजिक आउने उजाड पहाड हेर्दा

तिम्रो वीरतापूर्ण रूपको पीडा देखिन्छ

 

 

के, ताकीको जस्तै दुर्भाग्य ?

ठट्टा होइन, तिमी वनराज हौ

फर्केर आऊ सम्पूर्ण शक्ति प्रयोग गरेर उड्ने आकाशमा

बहादुरीपूर्ण छायाँ छोड्दै नाच्ने वनपहाडहरू

 

ठीक छ, यो सहरमा वन बनाऔँला

घना घना वन बनायौँ भने

तिम्री पत्नी र सन्तानलाई खोकी लाग्ने छैन

स्वच्छ हावाको सहर हुनेछ यो

 

निद्रा नचोर

बस्ने ठाउँ नखल्बल्याऊ

हल्लाखल्ला, हलचल र प्रदूषणरहित सहर

बिस्तारै बिस्तारै मुक्त रूपमा हावा लिने सहर

 

गगनचुम्बी चट्टानका पहाडहरू बनाऔँला

तिम्रा साथीहरूलाई बस्नका लागि

पहिराका गुफाका प्वालहरूमा निश्चिन्त गुँड बनाऔँला

तिम्रा बचेराहरूलाई हुर्काउन र मीठो निद्रा दिनका लागि

 

हरियालीसात बिस्तारै बिस्तारै उड्ने

तिम्रो रूप हेर्ने बेलामा

सहरमा शान्ति फर्कनेछ

सहर आनन्द र खुसीमा डुब्नेछ

 

बनाऔँ, हरियालीपूर्ण बनाऔँ यस सहरलाई त्यो बेलासम्म

सहकर्मीलाई मर्न दिनु हुँदैन

सहरमा हरियाली वन निर्माण गरेपछि

आउनू, अवश्य आउनू चीलहरू !

 

अनुवादः नेपाली कला साहित्य  डट कम